OnlinePana

आज : २०८१ पौष १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

‘सिंजा साम्राज्य पतन पछि’ शुरुभयो कर्णालीको कालोदिन

काठमाडौं पनि खस भाषाबाटै नामाकरण भएको हो

नेत्र शाही पौष २८, २०७५जुम्ला ।
२०५० पटक

जुम्ला । पृथ्वी जयन्तीको दिनका अवसरमा जुम्लाका प्रतिनिसभा सांसद गजेन्द्रबहादुर महतले आफ्नो फेसवुक स्टाटसमा लेख्नुभयो । कर्णालीका मान्छेले पृथ्वीनारायण शाहको बख्यान गरेको देखेर अच्चम लाग्छ । जसले खस सभ्यताको अस्तित्व मेटाउन हिटलर भन्दा धेरै दमन गरेका थिए । सांसद महतले भने जस्तै नेपाल एकिकरणको क्रममा सिंजा राज्य पतपछि कर्णालीको कालो दिन शुरु भएको कर्णालीका बुढापाका र जानकारहरु बताउछन् ।
देशभर र्पथवी दिवस मनाएपनि जुम्लामा पृथ्वी दिवसको अवसरमा जुम्लामा भने जुम्ला राज्य र खस सभ्यताको ईतिहासको बिषयमा प्रवचन कार्यक्रम सम्पन्न समेत सम्पन्न भएको छ ।
तत्कालिन समयको विशाल खस जुम्ला सिंजा साम्राज्यको ईतिहासको वारेमा जानकारी दिन नेपाली सेनाको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न गरेको हो । भगवतिदल गण जुम्लाको आयोजनामा खस भाषाका जानकार तथा खसिया आखार जुम्लाका सम्पादक रमानन्द आचार्यले करिब सवा घण्टा खस सभ्यता, सिंजा राज्य र जुम्लाको वारेमा प्रवचन दिई विशाल खस राज्यको वारेमा जानकारी गराएका हुन ।
खस जुम्ली भाषाका जानकार रमानन्द आचार्यले तत्कालिन सिंजा राज्यको स्थापना कसरी भयो ? पतन कसरी भयो ? बि.सं १८४६ पछिको कर्णालीको अवस्थाको वारेमा जानकारी गर्नुभएको छ ।
जुम्लाको टुडिेखेलमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधीहरुको सहभागितामा खस ईतिहास भनिरहदा भने सरोकारवालाहरुले निकै महत्वका साथ सुनिरहेका थिए । उहाँले सिंजालाई स्थापना गर्ने नागराज राजा पछि भईरहेका गतिविधी निकै महत्वपूर्ण रहेका बताउनुभयो । उहाँले बृहत जुम्ला राज्यको ईतिहास र खस सभ्यता कैलाश र सिंजाबाटै भएको पाईन्छ । तत्कालिन समयमा उत्तर र दक्षिण तिरबाट आएका जडान र दक्षिणबाट आएका खसानहरु मिलेर खस राज्यको स्थापना गरेका बताउनुभयो । खसहरु संसारको आदिम र केकस पछि खसमा परिणत भएका उहाँको दावी छ ।
तिब्बतका राजा दलाई लामा स्रोङचोङ गोम्पु (भृकुटीका पति छोरी) तिरका सन्तान नागराज थिए । उनको बस्ति मानसरोवर भन्दा ८(१० किलोमिटर टाढा बाखामा पर्दछ । उनिह त्यहाँका सामान्त थिए । उनी केही गर्न चाहने व्यक्ति थिए । उनि उत्तम स्थान खोज्दै सिंजा आएका थिए ।
तीब्तको खारी प्रदेशका सामन्त नागराजले केही अटोठ गरेपछि सिंजा हाट सिंजालाई राजधानी बनाएर राज्य संचालन गरिरहेका थिए । उनका छोरा चाप, चापका छोरा चापिल्ल क्राचल्ल क्राधिचल्ल , अशोक चल्ल हुदै सन्तान अगाडि बढिरहेका उहाँले बताउनुभयो ।
यसैगरी नागराजले स्थापना गरेको सिंजा राज्यको ईतिहास देखी बि.सं १८४६ मा गोर्खाली सेनाको आक्रोमणमा परेका वेला सिंजा साम्राज्यको पतन भएको ईतिहास जुम्ली खस भाषाका जानकार आचार्यले जानकारी दिनुभयो । तत्कालिन समयमा विशाल साम्राज्य बनको सिंजा राज्यले ३२ देशबाट कर अशुल गर्दथ्यो उहाँले बताउनुभयो ।
काठमाडौंको नाम पनि खसभाषाबाटै
यसैगरी काठमाडौंको नाम पनि खस भाषाको नामले आरम्भ भएको बताउनुभयो । उहाँले माणु भन्ने शब्द कर्णालीको खस सभ्यताको देवता सँग जोडिएको छ । यसैले काठमाडौं खस भाषाको नाममा काठमाणु हुदै काठमाडौं भएको बताउनुभयो ।
पशुपतिनाथको मन्दिर बनाउने जुम्ली राज पुष्पदेवले सिनर्माण गरेका हुन । उहाँले विशाल राज्य पतन हुनुपर्ने कारण समेत बताउनुभयो ।
आचार्यका अनुसार उदयपुरका राजा उत्तमराज मुसलमान सँगको यूद्धमा रावल पिण्डिमा मारिएका थिए । उनकी गर्भवति रानीले शिशु राजा हुनुपर्छ र सुरक्षित स्थानमा राज्य गर्न पाउनुपर्छ भन्ने भयो । मुगुको कालैमा ति रानीलाई वावाहरुको संरक्षणमा कर्णाली तिर ल्याईयो । रावलको घरमा राखियो र यिनबाट जन्मेको दुई बच्चा बलिराज र कबिराज हुन । विर कुमारहरु थिए । वावाहरुले शिक्षा समेत दिएका थिए । यिनले समेत सिंजा राज्यको संचालनमा ठूलो भूमिका खेलेका थिए ।
अनि पतन भयो ? सिंजा साम्राज्य ः
नेपाल एकिकरणको क्रममा सिंजा राज्य बलियो भएपछि गोर्खालीहरुको निसाना थियो । पटक पटक आक्रमण गर्न पठाएको थियो । आक्रमणमा दुईपटक समेत असफल भएपछि तेस्रो समयमामा नेपाल एकिकरणमा लिन नसकेको गोर्खाली राज्यले असोज महिनामा दशैको समयमा दुईवटा सेनाको टिम सिंजालाई आक्रमण गर्न आएको थियो । एकातिर निकै कामको समय । अर्को दशै समयमा सेनाहरु घरतिर गएको समयमा भएको आक्रमणमा सिंजा साम्राज्य आक्रमणमा परि पराजित भयो र ध्वस्त भएको थियो ।
आचार्यका अनुसार जुम्लाको उत्तर र दक्षिणबाट आएको टिमले बि.सं १८४६ असोज ३ गते एकै पटक गरेको आक्रमणले सिंजा राज्यको पराजय पछि पतन भएको थियो । त्यहाँका राजा अन्तिम राजा शोभान शाही भने भागेर तिब्बत पुग्न सफल भएका थिए ।
बिसं १८४६ पछिको लामो समय सम्म राज्यले सिंजा र कर्णाली प्रति राज्यले प्रति हेर्ने दृष्टिकोण राम्रो भएन । कर्णालीका खस भाषाका जानकार आचार्यले भने जस्तै बि.सं १८४६ पछिको सिंजा विशाल जुम्ला सिंजा राज्यको अवस्था खस्किदै गयो जीवन शैली उस्किन नपाएपछि कर्णालीमा गरिविले छाएको अधिकारकर्मी र जनप्रतिनिधीहरुको धारणा राख्दै आएका छन । कर्णालीवासीले यो दिन कालो दिन भन्दै आएका छन् । अहिले सिंजा ओझेलमा छ । विकास र समृद्धिको पर्खामा ।

प्रतिकृया दिनुहोस्