OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २५, २०८३
४९ पटक

अमितजङ्ग शाही/ओदी जुम्ला,

वैशाख २५ गते । विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाले यस पटक पनि आफ्नो जित कायम गरेको छ ।
हिमा गाउँपालिका वडा नम्बरको ओदीमा संचालित १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा हिमा गाउँपालिका प्रथम भएको हो ।

प्रतियोगितामा समावेश विभिन्न खेल विधामध्ये सबैभन्दा बढी २५ वटा स्वर्ण पदक जित्दै हिमा गाउँपालिका लगातार दोस्रो पटक रनिङ शिल्ड जित्न सफल भएको आयोजक हिमा गाउँपालिकाले जानकारी दिएको छ । हिमाले यस पटक पनि शिल्ड ग्रहण गरेको छ ।

हिमा गाउँपालिकाका खेलकुद प्रशिक्षक धिरेन्द्र बहादुर रोकायाका अनुसार हिमा गाउँपालिकाले २५ वटा स्वर्ण पदक ल्याउन सफल भएको हो । यसगरी चन्दननाथ नगरपालिकाले दोस्रो स्थान हाशिल गरेको छ । चन्दननाथ नगरपालिकाले १४ वटा स्वर्ण पदक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी तेस्रो स्थानमा पातारासी गाउँपालिकाले पाँच वटा स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । प्रशिक्षक रोकायाले हिमा गाउँपालिकाले गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको जानकारी दिनुभयो ।

प्रथम, द्धृतीय र तेस्रो र विभिन्न खेल विधामा उत्कृष्टता हाशिल गर्ने स्थानीय तह र खेलाडीहरुलाई मेडल, प्रमाणपत्र सहितका पुरस्कार हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण बहादुर शाही र हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बितरण गर्नुभएको छ । हिमा गाउँपालिकाको सचिवालयका अनुसार प्रतिकूल मौसम, भौगोलिक विकटता तथा विभिन्न चुनौतीबीच पनि गाउँपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोे छ । करिब २९ सय मिटर उचाईमा रहेको वडा नम्बर २ को ओदी गाउँले सो प्रतियोगता सम्पन्न गनृ स्थानीय आयोजकको भुमिका सकुशल निर्वाह गरेको छ । उच्च स्थानमा खेलाडीहरु खेल्न, दौडन पाउदा खुशी भएका छन् । वरपर डाडाँकाडा, हरियाली पहाडको फेदमा संचालित प्रतियोगिता निकै मौलिक स्थानमा आयोजना गरिएको थियो । सो स्थानमा बाटो स्तरबृद्धि नहुदा खेलाडि, दर्शक र अतिथि हिडेर समेत पुगेका थिए ।

प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सवैलाई हिमा गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । यस वर्षको प्रतियोगितामा गुठीचौर गाउँपालिका बाहेक जिल्लाका अन्य सातवटा पालिकाको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक बनेको आयोजकले जनाएको छ । सहभागी पालिकाप्रति आयोजक हिमा गाउँपालिकाले आभार व्यक्त गरेको छ । प्रतियोगिता भर अनुशासित र शान्तिपूर्ण वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गर्ने सम्पूर्ण पालिका तथा खेलाडीलाई आयोजकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ । गाउपालिकाले आफ्नो आधिकारिक समाजिक संञ्जाल मार्फत खेलप्रेमी खेलाडी भाइबहिनीहरूको खेलप्रतिको उत्साह, जागर र क्षमताको विकाससँगै खेल क्षेत्रमा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्