OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २६, २०८३
६ पटक

नेत्र शाही/जुम्ला,
वैशाख २६ गते । जुम्लामा पाँच दिने बालपत्रकारिता तालिम समापन भएको छ । सोसेक नेपालको आयोजनामा गरिएको विहानी परियोजना अन्तरगत पाँच जना बालबालिकालाई बाल सम्बाददाता तालिम सम्पन्न भएको हो । जुम्लाको चन्दननाथ नगरपालिका अन्तरगत रहेको विद्यालयबाट कक्षा ८ र कक्षा ९ मा अध्ययनरत पाँच जना बालबालिको तालिममा सहभागिता भएका थिए । आयोजकका अनुसार चन्दननाथ माध्यामिक विद्यालयका छात्र आर्पी रावत, युनिका महतारा, भैरव मावि धुविढुस्काका छात्रा किशोर रोकाया, ज्ञानकुन्ज माध्यामिक विद्यालयका छात्रा सुजता गिरी र मालिका माध्यामिक विद्यालय आचार्यवाडाका छात्र बिनोद रोकाया तालिममा सहभागी भएका थिए ।

तालिममा पत्रकारिता, समाचार, समाचारका प्रकार, समाचारका मुल्य मान्यता, स्रोत, तत्व, कथालेखन, समाचार लेखन, अन्तरवार्ता, पत्रकार आँचार सहिता लगायत विभिन्न संद्धान्तिक ज्ञान सहित कथा तथा समाचार लेखनमा अ्रभ्यास गरिएको छ । उनिहरुलाई जुम्ला स्थित संचार माध्याममा नमुनाको रुपमा भेटघाट तथा अवलोकन तथा फिल्ड रिपोटिङ समेत गरिएको थियो । गत वैशाख २२ गतेबाट शुरु भएको पाँच दिने तालिम समापन गरिएको छ । समापन कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्ला महिला तथा वालवालिका शाखा प्रमुख अम्बिका मल्लले बालबालिकाले समाचार लेखन तथा रिपोटिङमा चासो देखाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रम थप बढाउनुपर्ने उहाँका भनाई रहेको छ ।

पाँच दिनको अवधिमा प्रशिक्षकको भुमिका निर्वाह गर्ने पत्रकार नेत्रबहादुर शाहीले सानै उम्मेरमा शिप र ज्ञान सिक्नु ठुलो अवसर भएको बताउदै सहभागि बालबालिकाले सिकेको तालिम महत्वपुर्ण भएको बताउनुभयो । उहाँले जुम्लामा त्यतिवेलाको पत्रकारिता तालिमका लागि काठमाडौं र नेपालगन्ञ जानुपर्ने बाध्यता थियो । अहिले जिल्लामै यस्ता तालिमले निकै राम्रो लाभ भएकोमा जोड दिनुभयो । उहाँले पत्रकारिता पेशालाई थप अब्बल बनाउन यस्ता तालिमहरुको आवश्यकता रहेको छ ।

बालबालिकाले सानै उमेरदेखी कथा लेख्ने, समाजमा भएका घटना तथा समस्याहरुको समाज तथा सरोकारवाला निकाय सँग राख्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजक सोसेक नेपालका फिल्ड अफिसर सरस्वति भण्डारीले बालसम्बाददात तालिममा गहिरो तरिकाले प्रशिक्षण गर्ने प्रशिक्षक र सहभागि विद्यार्थीलाई धन्यवाद दिनुभयो । सोसेक नेपालका सारदा कामीले बालबालिकालाई सम्बाददाता तालिम प्रतिफलमुलक भएको बताउदै सिकेका शिप प्रयोग गर्नेै अपेक्षा गरिएको बताउनुभयो । सोसेक नेपालका निशा केसी सोसेक नेपालले गरिरहेका कामको बिषयमा जानकारी दिनु भएको थियो । सोकेक नेपालको विहानी परियोजनाले गरिरहेका कामको बिषयमा जानकारी समेत गराईएको छ । बालसम्वाददाता तालिममा प्रशिक्षकको भुमिका गोरखापत्र सम्बाददाता पत्रकार नेत्रबहादुर शाहीले गरिरहनु भएको छ ।

क्याप्सन : जुम्लामा बालपत्रकारिता तालिम तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्