OnlinePana

आज : २०८३ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०८३काठमाडौं
४ पटक

३ जेठ २०८३, आईतबार

सुर्खेतः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गम्भीर भएर सदन र जनताप्रति गम्भीर नभए सर्वत्र प्रतिवादको अवस्था आउन सक्ने बताउनुभएको छ ।

संयोजक प्रचण्डले सरकारले शासकीय सुधारसहित एक सय कार्यसूची ल्याउँदा मोटामोटी सुरुमा राम्रै देखिएपनि पछिल्लो समय गतिविधि फरक हुँदै जान समर्थन भन्दा प्रतिवाद गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । अहिले देशको राजनीति र सरकार सही ट्रयाकमा अगाडि नबढेको भन्दै उहाँले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने अवस्था आएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “सुकुमबासीहरुको व्यवस्थापन समस्या बढ्दै गएको छ । त्यो अहिले पनि गम्भीर प्रकृतिकै समस्या बनेको छ । ट्रेड युनियन, विद्यार्थीसँग सम्बन्धित विषयहरु पनि गम्भीर छँदै छन् । संविधान संशोधनको निम्ति भनेर सरकारले तयार गरेका बहस पत्र पारदर्शी तरिकाले अगाडि बढेको पाइएको छैन । त्यो आफैँमा एउटा गम्भीर छलफलको विषय बनिराख्या छ ।”

अध्यादेश ल्याउनेदेखि सबै हिसाबले बालेन शाहको नियत राम्रो नदेखिएको बताउनुभएका संयोजक प्रचण्डले भन्नुभयो, झण्डै दुई तिहाईको सरकारको छ । आफैले सदन बोलाउने, नियमित प्रक्रियाबाटै विधेयकहरु ल्याउन सकिने भएपन ित्यो बाटो छोडेर सदनलाई छलेर अध्यादेशको बाटो जाने लाजमर्दो कुरा पनि हो । त्यसको समेत हामीले प्रतिवाद गरिनै राखेकै छौं ।”

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र यसको परिमार्जनको निम्ति आफ्नो ठाउँबाट सरकारले राम्रो काम गर्दा रचनात्मक ढङ्गले सहयोग गर्ने ठाउँ हुँदा हुँदै विरोध, प्रतिवाद, जनताको तहबाट पनि आवाज उठाउनुपर्ने धेरै कुरा देखिएकोले उहाँले सदनमा सरकारलाई अलिकति सतर्क हुनको निम्ति सुझाव दिएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्