OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २६, २०८३
४४ पटक

रमिला महत /जुम्ला,

वैशाख २६ गते । जुम्लामा जुम्ला–रारा अल्ट्रा म्याराथुन प्रतियोगिताको सातौ सस्करण शुरु भएको छ । कर्णाली खेलकुद क्लबको आयोजना तथा स्थानीय तहको समन्वयमा ५४ किलोमिटर म्याराथुन दौड प्रतियोगिता शुरु भएको हो । जुम्ला निवासी गिनिज वुक अफ द वल्र्र्ड रेकडर विश्व प्रख्यात दौड खेलाडी हरिबहादुर रोकायाका सम्मानमा गरिने उक्त प्रतियोगिताको विहान ६ बजे चन्दननाथ मन्दिर अगाडि बाट पुर्व वन तथा बातावरण मन्त्री माधव प्रसाद चौलगाई र म्याराथुन दौड खेलाडी हरिबहादुर रोकायाले गर्नुभएको छ ।

आयोजक कर्णाली खेलकुद क्लबका अनुसार यस पटक प्रतियोगितामा करिब एक हजार खेलाडीले भाग लिएका छन् । गिनिज वुक अफ द वल्र्र्ड रेकडर विश्व प्रख्यात खेलाडी हरिबहादुर रोकायाका अनुसार जुम्ला– रारा ५४ किलोमिटर तर्फ एक सय ३५ जना, १० किलोमिटर तर्फ दुईसय जना, पाँच किलोमिटर तर्फ छ सय ५० जना बढि धावकले भाग लिएका छन् ।

यस पटक स्वदेश सँगै भारत तथा फ्रान्सका धावकहरुको पनि सहभागिता रहेको छ । प्र्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपियाँ, दोस्रो हुनेलाई ७५ हजार, तेस्रो हुनेलाई ७५ हजार रुपिँया पुरस्कार रहेको छ । सात बर्ष देखी गर्दै आईरहेको उक्त प्रतियोगिता जुम्लाबाट शुरु भएर रारातालमा समापन गर्ने गरिन्छ । यो प्रतियोगिताले हिमाली खेल क्षेत्रको प्रवद्र्दनमा जोड दिईएको पाईएको छ । ५४ किलोमिटर दौड प्रतियोगितामा नेपाली सेना नम्बर २४ का बाहिनीपति अर्जुन बस्नेत सहितका व्यक्ति तथा खेलाडिको सहभागिता भएको छ । अन्य १० किलोमिटर, ५ किलोमिटरमा युवा सहित ज्येष्ठ नागरिक तथा वाललवालिका समेत सहभागि भएका छन् । हिमालको काखमा हुने यो दौड प्रतियोगिताले खेल पर्यटनमा टेवा पुग्ने बताईएको छ ।

क्याप्सन ः जुम्लाको मुख्य सदरमुकाम चन्दननाग मन्दिर अगाडि बाट जुम्ला रारा म्याराथुन दौड प्रतियोगिता तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्