OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ९, २०७७जुम्ला,
१६६८ पटक

खलङ्गा मङ्सिर ९ गते । जुम्लामा पहिलो पटक शशस्त्र प्रहरीको छनौट प्रक्रिया शुरु भएको छ ।
शशस्त्र प्रहरी ३३ नम्बर त्रिपुणा गणले जुम्लामा मंगलवार देखी शशस्त्र प्रहरीको छनौट शुरु गरेको शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार जुम्ला, कालिकोट, मुगुका एक हजार दुई सय ६० जनाले फम भरेका र मंगलवार देखी छनौट शुरु भएको जानकारी दिनुभयो ।

फम भरेका मध्य जुम्लाका सात सय ८५, कालिकोट तीन सय सात जना, मुगुबाट एक सय ६८ जनाले फम लगाएका छन् । विगतका दिनमा फम जुम्लामा भरेपनि सुर्खेत गएर छनौट गर्नुपर्ने र धेरै खर्च हुन्थ्यो अहिले जुम्लामा छनौट भएकोमा सहभागीहरु खुशी भएका छन् । अहिले जुम्लामै छनौट भएकोमा स्थानीय खुशी भएका छन् ।

स्थानीय सत्यनारायण योगीले पहिले महंगो खर्च गरेर नेपालगंज सुर्खेत जानुपर्ने वाध्यता थियो अहिले यही भएकोले सजिलो हुने भएको बताउनुभयो । प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठले कोभिडको समयमा वाहिर गर्दा झन जोखिम हुने डर हुन्थ्यो अहिले जुम्लामा केन्द्रले अनुमति दिदा सजिलो भएको बताउनुभयो । यो भन्दा पहिला नेपाल प्रहरीको समेत एक पटक जुम्लामा छनौट गरेको थियो तर यो बर्ष के हुने जानकारी नभएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्