OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक १५, २०७७जुम्ला,
१७२७ पटक

कात्तिक १५ गते । यहाँको हिमा गाउँपालिकाको सवै वडामा एकिकृत सम्पति कर लागु गरेको छ । गाउँपालिकाले एक देखी ७ वडा सम्म कम्प्यूटरबाट एकिकृत सम्पति कर लिन शुरु गरिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वडा नम्बर एकबाट शुरु गरिएको उक्त एकिकृत करण प्रणाली अहिले ७ वटै वडामा लागु गरेका छौ ।

प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर रावलका अनुसार जनताले तिरेको कर सिधै राजश्वमा जाने भएकाले कम्यूटर प्रणाली शुरु गरिएको हो । पहिले रसिद काट्ने चलन थियो तर अहिले जग्गाको तिरो कम्प्यूटर प्रालीबाट हुने र सजिलो हुने भएकाले गाउँपालिकाले सवै वडामा एकिकृत सम्पति कर लागु गरिएको छ । जनताले राज्यलाई तिर्ने कर प्रत्यक्ष देखिने र पारदर्शिता हुनेमा उहाँले जोड दिदै कम्प्यूटर प्रविधिलाई थप व्यवस्थापन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।

करलाई व्यवस्थापन गर्न सूचना प्रविधि अधिकृत भिमबहादुर रावत सहितको एक टोली वडा वडामा गएर व्यवस्थापन गरिरहेको छ । गाउँपालिकाको वडा नम्बर १ वाट दुई बर्ष अघि शुरु गरिएको सो कर प्रणाली अहिले सवै वडामा डिजिटल माध्यामबाट प्रविधि जडान गरि एकिकृत कर प्रणाली लागु गरिएको सूचना प्रविधि अधिकृत रावतले जानकारी दिनुभयो । सवै वडामा आफु पुगेर सफ्टवेयर तयार गरिएको उहाँले थप्नुभयो । कम्प्यूटरबाटै कर तिर्न शुरु गरिएकाले पारदर्शिता र शुसासनमा जोड हुने र सजिलो हुनभएकाले नागरिकलाई सो प्रणालीवारे जानकारी लिन वडा कार्यालय वा गाउँपालिकामा बुझ्न सकिने सूचना अधिकृत रावलले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुसार गाउँपालिकाले गाउँ र बजार, खेति योग्य जमिन, पाखो जग्गा, घरको संरचना, पक्कि र कच्ची घर अनुसार करको निर्धारण गरेको छ । गाउँपालिकाले आर्थिक ऐन २०७५ को आधारमा एकिकृत सम्पति कर लागु गरेको जानकारी दिएको छ । शुक्रवार ७ नम्बर वडामा लागु गरेपछि सवै वडामा कम्प्यूटर प्रविधिबाट कर प्रणाली लागु गरिएको गाउँपालिकाले जनाएको छ । जनतालाई सजिलो र प्रविधिको तरिकाले काम गर्ने एकिकृत सम्पति कर लागु गर्ने हिमा गाउँपालिका जुम्लाको पहिलो गाउँपालिका हो । शुक्रवार वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष रामप्रसाद उपाध्यायले र विहीवार वडानम्बर २ अध्यक्ष नैनसिंह रोकायाले डिजिटल प्रणालीबाट नागरिकले तिरेको करको कम्प्यूटर रसिद हस्तान्तरण गर्नुभएको थियो ।

पुष भित्र वुझाउनेलाई १० प्रतिशत छुट :
एकिकृत सम्पति करमा आर्थिक बर्षको ६ महिना अर्थात पुष मसान्त सम्म वुझाउनेलाई १० प्रतिशत कर छुट दिईएको छ । पुष पछि कर तिर्न आउने नागरिकका लागि भने भने छुट दिईनेछैन् । यसैगरी बर्षभरी नतिर्नेलाई केही शुल्क थपिनेछ ।
यसैगरी पुन कर तिर्न आउने व्यक्तिले घरजग्गाधनीको संकेत नम्बर लिएर आएमा आगामी बर्ष कर तिर्न सजिलो हुने भएको सूचना प्रविधि अधिकृत रावतले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्