OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक १, २०७७जुम्ला,
१५६० पटक

कात्तिक १ गते । यहाँका सरकारी कार्यालयहरुले घटस्थापनाको अवसरमा सरकारी झण्डा फेरेका छन् । स्थानीय तहले घटस्थापनाको अवसरमा पुजा गरी कार्यालयमा सरकारी झण्डा फेरेका छन् । यहाँको तातोपानी, हिमा गाउँपालिकामा सरकारी झण्डा फेरिएको हो ।
घटस्थापनाको विधिवत पुजाआजा गरी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थितिमा नयाँ झण्डा फेरिएको तातोपानी गाउँपालिकाका लेखा अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो । यसैगरी यहाँको हिमा गाउँपालिकाले पुजा गरी झण्डा फेरेको छ ।
चन्दननाथ नगरपालिकामा समेत घटस्थापनाको पुजा गरी नयाँ झण्डा फेरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले जानकारी दिनुभयो । तिला र तातोपानी गाउँपालिका सहित अन्य स्थानीय तहरुले समेत झण्डा फेरेर घटस्थापना मनाउदै दशैको शुभारम्भ गरेका छन् ।

नगरप्रमुखको होम आईसोलेशनबाटै सन्देश :
यसैगरी चन्दननाथ नगरपालिका नगर प्रमुख कान्तिका सेजुवालले होम आईसोलेशनबाटै शुभकामना सन्देश दिनुभएको छ । उहाँले विजय दशमीको शुभकामना सहित कोरोनाभाईरसबाट जोगिन स्वास्थ्य सम्वन्धि मापदण्डको पालनमा गर्न समेत सन्देश दिनुभएको छ । उहाँले नगरवासीहरुलाई शुभकामना दिदै कोरोना भाईरसका कारण सृजित विश्वव्यापी कोरोना महामारीको बिषम परिस्थितिमा यसको संक्रमण तथा फैलावटलाई न्यूनिकरण गर्नका लागि स्वास्थ्य सम्वन्धित मापदण्ड पालना गर्दै कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थिति अनुसार सावाधान रहि दशै मनाउन शुभकामना दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्