OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १३, २०७७
५५८ पटक

काठमाण्डाै – राष्ट्रिय अपाङ्ग महासङ्घले अति अशक्त अपाङ्गता भएका र ६० वर्षभन्दा कम उमेरका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने प्रतिबद्धताबाट सरकारपछि हटेको आरोप लगाएको छ ।

गएको जेठ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गरेको सम्बोधनमा सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भनिए पनि त्यसो हुन नसकेको महासङ्घले जनाएको छ ।

साेमबार भर्चुअल बैठक गरी महासङ्घले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यो समूहमा रहेकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न नीतिगत अवरोध भएको भन्दै लाभग्राहीको भर्पाइ व्यवस्थापन सूचना प्रणालीबाट हटाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।

यस विषयमा महासङ्घले विज्ञप्ति निकालेर अति अशक्त अपाङ्गता भएका र ६० वर्षमुनिका एकल महिलाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा नपाउने अवस्था आएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

उज्यालो अनलाईनबाट

प्रतिकृया दिनुहोस्