OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन १२, २०७७जुम्ला ।
४७९ पटक

असोज १२ गते, ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् ।
उनिह?ले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका बेपत्ता बाबुको खोजी गर्दै चार जना बालबालिका जुम्ला पुगेका हुन् ।

तीन वर्षदेखि बेपत्ता बाबु सन्तोष बिकको खोजी गर्दै कैलाली स्थायी ठेगाना बताउने १७ वर्षीया मधु विक, १६ वर्षीया गीत विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका प्रहरीले जनाएको छ ।

उनीह?ले आफूह? चारै जना भारतको पञ्जाबमा जन्मिएको बताएका छन् । जुम्लाको बसपार्कमा बेबारिसे अवस्थामा रहेका उनिह?लाई स्थानीयको सहयोगमा स्थानीय प्रशासन र प्रहरीले पत्ता लगाएपछि अहिले अस्थायी ?पमा जुम्लाको अल्पकालिन आश्रयका लागि सेवा केन्द्रमा बसालिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उनिह?को ठेगाना पहिचानका लागि लागि परेका छौ । प्रहरीले जुम्लाबाट विभिन्न जिल्लामा उनिह?को हुलिया सहित पठाएर वालवालिका हराएको भए सम्पर्कमा आउन भन्दै सञ्चार गरेको समेत जानकारी दिनुभयो ।

‘नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, हो थाहा नभएको उनिह?ले भन्ने गरेका अल्पकालिन आश्रयका लागि सेवा केन्द्रका अध्यक्ष भगवति श्रेष्ठले जानकारी दिनुभयो ।

जुम्ला आएकी १० बर्षिय मधुले भन्नुभयो, ‘सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको र बुवाले अर्की आमा लिएर भागेको बताउनु हुन्छ ।

उहाँका अनुसार आमाले अर्कै बिहे गरेपछि चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा थियौ । त्यसमध्ये सबैभन्दा सानो भाई आशिष अहिले तीन वर्ष पुगेको छ । मधुका अनुसार भारतमा अहिले कोरोना फैलियो । त्यसपछि मजदुरी गर्ने ठाउँ नभएपछि नेपाल आएको उनिह? बताउछन् । सबै उनिहरु नेपाल फर्कन थालेपछि हामी पनि नेपाल आयौ, नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका बालबालिकाह?ले जनाएका छन् । उनीह? बाबु खोज्दै जुम्ला पुगेको पनि उनिह? १२ दिन भएको छ ।

उनिहरुको पुनस्र्थापनका लागि भने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सेफ हाउसमा राखिएको र अव कसरी अगाडि बढ्ने छलफल भईरहेको छ ।
यसैगरी चन्दननाथ नगरपालिकाले उनिह?लाई आज सुरक्षा सामग्री बितरण गरेको छ । नगरउपप्रमुख अप्सरादेवी न्यौपानेले सो सामग्री हस्तान्तरण गर्नुभएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर बहादुर महतले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस्