OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर १२, २०७५जुम्ला
७०५ पटक

खलङ्गा, मङंसिर १२ गते । जुम्लाको हिमा गाँउपालिका २ मा पर्ने कोईरेली गाँउलाई ‘ पहिलो मानव अधिकार मैत्री’ गाँउ घोषणा गरीएको छ । कोईरेली गाँउलाई गाउँका जनाताहरु, स्थानीय सरकार र सरोकारवाला निकायहरुको सहभागितामा घोषणा गरिएको हो । जम्मा ३८ घरधुरी रहेको कोईरेली गाँउ यसअघि छाउपडि, बालविवाह, दाईजोप्रथा तथा छुवाछुत मुक्त घोषणा भैसकेको छ ।
यहाँको कोईरेली गाँउले ‘मानव अधिकार मैत्री’ गाँउको न्युनतम सुचक पुरा गरेपछि औपचारीक कार्यक्रमका साथ घोषणा गरीएको हो । हिमा गाउँपालिका वडाध्यक्ष नैनसिंह रोकायाले कोईरेली अव घोषणामा मात्र सिमति नभएर कार्यान्वयन र ब्यवहारमा पनि मानव अधिकार मैत्रीका सुचक लागु गरिने बताउनुभयो । पछिल्लो समयमा गाँउमा निर्माण हुने सबै भौतिक संरचनाहरु पनि बालमैत्री, अपांगमैत्री र सबैको पँहुजयुक्त गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।
सो गाउँलाई मानव अधिकारमैत्री गाँउ घोषणाका लागि किर्डाक नेपाल र क्याड नेपालको साझेदारीमा वडा पालिकाले ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरेको हो ।
घोषणा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका निमित्त प्रमुख धनराज शाहीले गाँउका सबै नागरीकहरुले आफ्नो अधिकार स्वतन्त्र रुपमा घरमै पाएको अनुभुति गर्नुपर्ने बिषय महत्वपूर्ण रहेको बताउनुभयो । अधिकृत शाहीले ‘आगामि दिनमा वडापालिकाले राज्यबाट दिने सबै सेवा सुविधा कोईरेलीबासीको घरदैलोमै दिनुपर्छ, नत्र ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा गरेको अर्थ हुदैन’ उहाँले थप्नुभयो ‘समाज विरुद्धका संस्कृति अन्त्य गरी मानव अधिकार मैत्री ब्यवहार गरौँ, र कसैले पनि हिंसा सहेर नबसौ भन्दै कोईरेली गाउँले लिएको प्रण नेपालका लागि अनुकरणीय रहेको बताउजनुभयो ।
जिल्ला समन्वय समिति सदस्य जयराज भारतिले ‘मानव अधिकार मैत्री’ गाँउ घोषणा भन्दा कार्यन्वयनमा जोड दिनुपर्ने बताउनुभयो । आगामि दिनमा पनि सो गाँउलाई नमुनाको रुपमा विकास गरी सबैको अनुगमन र भ्रमण स्थलको रुपमा चिनाउन आवाश्यक रहेको उनको भनाई छ ।
घोषणा कार्यक्रमका अभियान्ता तथा आधार परियोजना संयोजक रोशन शाहिका उनका अनुसार ‘मानव अधिकार मैत्री’ गाँउको न्युनतम सुचकहरुमध्य गाँउमा, सबै बालबालिका विद्यालय गएको, छोरा छोरीलाई भेदभाव नभएको, घर परिवार बसेर पारीवारीक छलफल गरेको, सबै घर परिवारमा आयआर्जनका लागि ब्यवस्था भएको भएका कारण मानवअधिकार मैत्री गाउँ घोषणा गरिएको हो ।, उक्त गाउँ सफा भएको, स्वच्छ तथा सुरक्षित खानेपानीको ब्यवस्था भएको, घरपरिवार कुनै एक जनाको नाममा लालपुर्जा भएको, लैंगिक हिंसा र घरेलु हिंसा नभएको, चर्पि, गोबरग्यास धुँवारहित चुलो प्रयोग भएको, सबै गर्भवति महिलाले गर्भजाँच, खोप, सुरक्षित सुत्केरी स्याहार सेवा पाएको लगाएतका सबै सुचक प्राप्त भएका छन् ।
कोईरेली गाँउमा मानवअधिकार र कर्तब्यका कुरा सिकाउन तथा छलफल गर्न २५ जना समुह रहेको लामाबिष्णु आधार केन्द्र पनि गठन गरीएको छ । गाँउपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपराज आचार्यले अधिकारमैत्री कुरामा कोईरेली गाँउ पालिकाकै नमुना बनेको भन्दै त्यसको सिको अन्य गाँउले पनि गर्नुपर्नमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्