OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २८, २०७७जुम्ला,
६९२ पटक

जुम्ला, असार २८ गते । आवश्यक प्रमाणहरु नबोकेर हिड्ने सवारीसाधन धमाधम नियन्त्रण पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयले प्रमाण नवोकेर हिडेका १२ वटा अटो र २३ वटा मोटरसाईकल एकै दिन नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लकडाउन केही सहज भएयता चलिरहेका साधनहरु प्रमाण विहिन रुपमा चलिरहेको भेटिएपछि नियन्त्रणमा लिईएको उहाँले थप्नुभयो । जिल्ला प्रहरी कार्यालयमा १२ वटा अटो र २२ वटा मोटरसाईकल आवश्यक प्रमाणहरु नवोकी हिडेका नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसैगरी यस अघि जिल्ला प्रहरी कार्यालयले तीन सय ३९ वटा र माताहातका निकायहरुले तीन सय १९ वटा सवारीसाधन नियन्त्रणमा लिई छोडिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यसैगरी रु एक लाख एक हजार पाँच सय जरिवान स्वरुप राजश्व समेत उठेको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्