OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २५, २०७७
५८४ पटक

२५ असार २०७७, बिहीबार

ग्लोबल आईएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद कोषमा रु.१० लाख सहयोग गरेको छ ।

आज ग्लोबल आईएमई बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई रु.१० लाखको चेक हस्तान्तरण गर्नुभयो । उक्त चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विपद्को बेला सरकारसँगै छौं भनेर सकरात्मक सन्देश दिई आफ्नो उत्तरदायित्व पुरा गरेको भन्दै बैंकको टोलीलाई धन्यवाद दिनुभयो ।

“कोरोना महामारीले सिंगो विश्वको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बेला सरकार र यहाँका नागरिकहरुको निम्ति देखाउने भाव राख्नु निकै गौरवको कुरा हो,” उहाँले भन्नुभयो, “म तपाईहरुप्रति हार्दिक कृतज्ञता प्रकटका साथै धन्यवाद ज्ञापन गर्न चाहान्छु ।”

बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले बैंकले गर्ने सामाजिक उत्तरदायित्वअन्तरगत सो रकम कर्णाली प्रदेश सरकारको कोरोना विपद कोषमा हस्ताण्तरण गरिएको बताउनुभयो । उहाँले बैंकले विशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई पनि आत्मसाथ गरेको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्