OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १७, २०७७
१३३७ पटक

१७ असार २०७७, बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख ईञ्जिनियरसहित चारजना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । असारको अन्तिममा सातामा उनीहरु अख्तियारमा फन्दामा परेका छन् ।

अख्तियार सुर्खेतको टोलीले मङ्गलबार राति निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चार जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । दैलेखको भगवतीमाई गाउँपालिका­३ सानतडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरेबापत मल्ल र सब–इन्जिनियर वीरेन्द्र चन्दले सेवाग्राहीसँग रु दुई लाख ४१ हजार १६ घुस मागेको अख्तियारले जनाएको छ ।

अख्तियारले मल्लका साथै सब–इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेसमेतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अख्तियार टोलीले इन्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सब—इन्जिनीयर चन्दलाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको हो । हिजो राति सदरमुकामस्थित मल्लको क्वाटरमा खानतलासी गर्दा सो रकम फेला परेको हो । अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले पक्राउ परेका चारै जनाको पिसिआर परीक्षण गरेर काठमाडौँ पठाउने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्