OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ४, २०७७
६१५ पटक

 ४ असार २०७७, बिहीबार

कर्णाली प्रदेश सरकारको आगामी आव.०७७÷०७८ को बजेटमाथि बुधबारबाट शुरु भएको छलफल आजपनि जारी रहेको छ ।

कर्णाली प्रदेशसभाको छैटौं अधिवेशनको आज बसेको १५औं बैठकका छलफलमा भाग लिँदै नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलाबजंग शाहले जनता सडक कार्यक्रम यो वर्ष शहीद भएको टिप्पणी गर्नुभयो । पालमुनि बसेका बाढीपीडितको घर निर्माण र स्थानीय तहका जनप्रतिनिधिको मर्का सम्बोधन गर्नतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै, सचेतक सीताकुमारी नेपालीले महामारी, भोकमारी र रोजगारीका लागि बजेट प्रयाप्त देखिएको यद्यपि अंक नतोक्दा आशंका पैदा हुने टिप्पणी गर्नुभयो ।

यता प्रदेशसभा सदस्य दानसिंह परियारले बजेटले दलितहरुलाई मूलप्रवाहीकरण गर्न सक्ने वा नसक्ने भन्ने कुरामा प्रश्न गर्नुभयो । बजेट बुर्जुवा प्रकृतिको भएको टिप्पणी गर्दै सदस्य परियारले दलित र विपन्न वर्ग लाभान्वित हुनेगरी कार्यान्वयनमा जोड दिन सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभा ठम्मर विष्ट बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय केन्द्रित गर्न नहुने जनाउनुभयो । उहाँले यो प्रदेशको दूव्र्यसनी निराकरण गर्ने र सुकुम्बासी समस्या समाधानका कुराहरु पनि बजेटमा समेटिनुपर्ने सुझाव दिनुभयो ।

बजेटमाथि छलफलमा प्रदेशसभा सदस्यहरु धर्मराज रेग्मी, गणेशप्रसाद सिंह, कृष्णा शाह, राजु नेपाली, दीनबन्धु श्रेष्ठ, यज्ञ बिसी, झोवा विक, पद्मा खड्का बद्मीक्वारी बोहोरा, अमृता शाही, सोशिला शाही, बीरबहादुर शाहीलगायतले आफ्ना धारणा राख्नुभएको थियो । बजेटमाथिको छलफल भोलि पनि जारी रहने जानकारी गराउँदै सभामुख राजबहादुर शाहीले शुक्रबार दिउसो ३ः०० बजेसम्म बैठक स्थगित भएको सूचना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्