OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १, २०७७ सुर्खेत
५६६ पटक

१ असार २०७७, सोमबार

कर्णाली प्रदेश सरकारले आगामी आ.व.२०७७÷०७८ लागि रु.३३ अबै ७४ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आ.व.२०७७÷०७८ का लागि रु.३३ अब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

जसअनुसार पूँजीगततर्फ १९ अर्ब, छ करोड ९१ लाख २१ हजार (५७%), चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४%) र वित्तिय हस्तान्तरणतर्फ रु.दुई अर्ब, ९९ करोड ६५ लाख (९%) बजेट विनियोजन गरिएको छ । विनियोजित चालू खर्चअन्तरगत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागिरु.८७ करोड ४१ लाख, रोजगारीका लागि रु.दुई अर्ब ५८ करोड २६ लाख अन्य कार्य तथा प्रशासनिक खर्च रु.आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ ।

आगामी आवको लागि अनुमानित खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजश्वबाट रु.३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचन हुने रकम रु.११ अर्ब १९ करोड नौ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको रु.सात अर्ब ३९ करोड ५६ लाख, वित्तिय समानीकरणबाट प्राप्त भएको नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु.चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ ।

नेपाल सरकारको समपुरक अनुदान वापत् रु.२५ करोड २५ लाख, विशेष अनुदान वापत् रु.४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान साहयताबाट सञ्चालित हुने कार्यक्रममा रु. एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाईएको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट उत्पन्न महामारी, त्यसले सृजना गर्ने संभावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रबिन्दु बनाएर बजेट ल्याएको छ ।

प्रतिकृया दिनुहोस्