

जुम्ला,साउन ८ गते । जुम्लाको हिमा गाउँपालिका ओेदी गाउँमा भाईरल ज्वरो फैलिएपछि चिकित्सकको टोली पुगेको छ ।
ओदी गाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य जाँच गरेको छ । हिमा गाउँपालिका स्वास्थ्य संयोजक रतनबहादुर रावत सहित स्वास्थ्य केन्द्रको टोली त्यहाँ पुगेर जाँच गरिएको हो ।
स्वास्थ्यकर्मी गोविन्द भण्डारीका अनुसार हिमा गाउँपालिका वडा नं. २ ओदि जुम्लामा मिति २०८२ साउन ५ गते ज्वरो र रुघाखोकी फैलिएको भनि खवर आएकोले उक्त क्षेत्रमा तत्काल चिकित्सकीय टोली सहित खटाई स्वास्थ्य परिक्षण शिविर संचालन गरी ओदी गाउँवासी र श्री नेत्र ज्योती माध्यामिक बिद्यालयमा अध्ययनरत छात्रछात्राहरु सहित जम्मा २८० जना सेवाग्राहीहरूलाई सेवा प्रदान गरिएको छ ।
हिमा गाउँपालिका स्वास्थ्य शाखाका अनुसार दुई दिने शिविरमा साउन १५४ जना महिला र १२६ जना पुरुष सहभागी भएका छन् । उक्त बिरामीहरुको स्वास्थ्य परिक्षण गर्दा भाइरल इन्फेक्सन हुन सक्ने सम्भावना रहेको उक्त शिविरमा संलग्न डा. प्रेम ओलीले जानकारी दिनुभयो । उहाँले थप रोग निदान तथा प्रमाणिकरणका लागि १० जना संम्भावित बिरामीहरुको स्वाब नमूना संकलन गरी परिक्षणका लागि कर्णाली प्रदेश प्रयोगशालामा पठाई सकिएको छ ।