OnlinePana

आज : २०८२ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ७, २०८२
४२ पटक

कोरपाटी/जुम्ला,

साउन ६ गते । उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएका छन् ।
अदालतले आर्थिक बर्ष २०८१।०८२ मा अहिले सम्मकै बढि मुद्दा फछ्र्यौट भएको पत्रकार भेटघाटबाट जानकारी गरेको छ । जिल्लामा आयोजना गरिएको पत्रकार भेटघाटमा यस बर्ष बाषर््िाक लगत २१७ वटा मुद्दा मध्य २०२ अर्थात ९३.०८ फछ्र्यौट भएका छन् ।

अदालतका बरिष्ठतम न्यायधीस श्यामजी प्रधानका अनुसार आफुहरुले एक बर्ष नाघेका कुनैपनि मुद्दा वाँकी नराखेको बताउनुभयो । उहाँले काम सवैभन्दा महत्वपूर्ण भएकाले यसमा संचार माध्यामको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले जुम्लामा स्थानीय सक्रियता अझ बढेमा समृद्धि चाडै हुनेमा जोड दिनुभयो ।

उच्च अदालत सुर्खेत जुम्ला ईजलासका सूचना अधिकारी टंक प्रसाद खत्रीले अदालतले आर्थिक बर्ष २०८१।०८२ मा गरेका कामको प्रगति प्रस्तुत गर्नुभयो । उहाँले न्याय सम्पादनमा उच्च अदालत तिब्रगतिमा अगाडि बढिरहेको बताउदै साविक कर्णालीका जिल्ला अदालतले गरेका कामको समेत प्रगति सार्वजनिक गर्नुभयो । उहाँका अनुसार साविक कर्णालीको जुम्ला, हुम्ला, मुगु, कालिकोट र डोल्पामा आठ सय ३१ वटा मुद्दा लगत भएकोमा छ सय सात वटा फछ्र्यौट भएको जानकारी दिनुभयो ।

उहाँले अदालतको भौतिक संरचना देखी भईरहेका अन्य कामहरुको बिषयमा समेत जानकारी गर्नुभयो । अदालनतले ३ वटा मुद्दामा विशेषज्ञको भर्चुअल बकपत्र गरिएको जानकारी दिनुभयो । पत्रकार भेटघाटमा पत्रकारहरुले अदालतका कामको सहजताको बिषय र विभिन्न सवालमा जिज्ञासा राखेका छन् । उनिहरुले सूचना प्रवाह र जनताको सेवा प्रवाहमा थप सहज गर्न सूझाव दिएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्