OnlinePana

आज : २०८२ आषाढ २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ २५, २०८२जुम्ला,
१३६ पटक

जुम्ला,असार २५ गते ।

नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा शुसाशन हेल्प डेक्स सप्ताह मनाएको छ । जिल्लाको निर्णय अनुसार गत फागुन १५ गतेदेखी २५ गते सम्मा गाउँपालिकामा शुसासन हेल्प डेक्स सप्ताह मनाएको हो ।

पार्टी अध्यक्ष नवराज न्यौपानेका अनुसार पार्टीको जिल्ला निर्णय अनुसार गत असार १९ देखी २५ गते सम्म गाउँपालिका स्तरमा सेवाग्राहीलाई सहज गर्ने, शुसासनका सवालमा रखवारी गर्ने उद्देश्यले सुशासन डेक्स राख्ने निर्णय गरिएको थियो । सोही अनुसार जिल्लाभर शुसासन डेक्ख खडा गरेर जनताको गुनासो सुन्ने र सुशासनको पक्षमा अवलोकन गरिएको छ ।

जिल्लाको चन्दननाथ नगरपालिका सहित सिंजा गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, गुठिचौर गाउँपालिका, हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकाले एक हप्ताभरी सुशासन हेल्प डेक्स राखेर सप्ताह मनाएको छ ।
माओवादी केन्द्रका गाउँपालिका स्तरका ईन्चार्ज, अध्यक्ष सहितको समिति, सो क्षेत्रका केन्द्रीय सदस्य तथा नेताहरुको उपस्थितिमा हेल्प डेक्स सप्ताह मनाईएको हो ।

सिंजामा पत्रकार भेटघाट तथा समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा रविकिरणले गाउँपालिकामा आएका सेवाग्राहीलाई सहजीकरण गर्ने, काम ढिलासुस्ति भएका हामीले प्रश्न गरेको बताउनुभयो ।

चन्दननाथ नगरपालिका जुम्लाका अध्यक्ष सुरेन्द्र महतले पत्रकार भेटघाटमा एक सातामा नगरपाटीले सुशासन डेक्सबाट गरेका कामको जानकारी दिनुभयो । तिला गाउँपालिका ईन्चार्ज जगतबहादुर शाहीले सु्शासन डेक्सबाट माओवादीले तिलामा गरेका कामको जानकारी गर्नुभयो । तातोपानी गाउँपालिका अध्यक्ष जक्ति न्यौपानेले सुशासन डेक्बाट आएका जनगुनासा सुनेर आवश्यक सहजीकरण गरिएको बताउनुभयो ।

पातारासी गाउँपालिका ईन्चार्ज जन महतारा र अध्यक्ष भक्तबहादुर बुढाले पातारासीमा सुशसान डेक्सको बिषयमा भएका कामको जानकारी दिनुभयो । यसैगरी जिल्लाका अन्य पालिकामा समेत विभिन्न कार्यक्रम गरि सुशासन डेक्स सप्ताह मनाईएको छ ।

माओवादीले यस समयमा गरेको यो कार्यक्रम एक नमूना भएको पार्टीईन्चार्ज नरेश भण्डारीले जानकारी दिनुभयो । उहाँले पार्टीको निर्णयलाई पालना गरेर काम गर्ने नेता कार्यकर्ता सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । यसैगरी जिल्लाको सिंजा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले कार्यक्रम स्थलमा आएर समर्थन गर्नुभएको छ ।

क्याप्सनः जिल्लाका आठैतहमा सुशासन डेक्स सप्ताह कार्यक्रम तस्बिर संकलन नेकपा माओवादी केन्द्र, जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्