OnlinePana

आज : २०८२ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रतन रावतजेठ १८, २०८२कनकासुन्दरी
१४७ पटक

जुम्ला,जेठ १७ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका वालविवाह मुक्त वडा पालिका घोषणा गरिएको छ । वडाले आधारभुत सूचक तयार गरेर वालविावह वालविवाह मुक्त घोषणा गरेको हो ।

कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ को आयोजना तथा प्लान नेपाल, क्याड नेपालको साझेदारीमा उक्तवडाका नागरीक सरोकारवाला निकायको विचमा घोषणा तथा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेर बालविवाहमुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालययमा भर्ना वडा घोषणा गरिएको हो ।

विहेवारी २० बर्ष पारि हामी सवैको एक्यवद्धता, बालबिवाहमुक्त कनकासुन्दरी गाउँपालिका हामी सवैको प्रतिवद्धता भन्ने मुलनाराका साथ स्थानीय सरकार र राजनैतिकदल, वालक्लव, विद्यालय, स्वास्थ्यचौकी प्रयास तथा उपस्थितिमा वडा बालविवाहमुक्त वडा तथा शतप्रतिशत विद्यार्थी विद्यालययमा भर्ना वडा घोषणा गरिएको वडापालिकाले जनाएको छ । वालविवाहमुक्त वडा घोषणा कार्यक्रममा यस वडाको ३५० घरधुरी तथा एक हजार नौसय पचाँस जनसंख्या रहेको छ ।

वडापालिकाका अनुसार आर्थिक बर्ष २०८१।०८२ अनुसार वालविवाह दर १८ बाट १२ मा झरेको छ । सरकारको निति अनुसार २० प्रतिशत भन्दा कम वालविवाहमा न्यूनिकरण भएमा बालबिवाहमुक्त घोषणा गर्न सक्ने प्रावधान अनुसार वडालाई घोषणा गरिएको हो । वडापालिकाका अनुसार यहाँका शत प्रतिशत वालवालिकाहरु विद्यालयमा अध्ययन गर्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष दामोदार आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, वडाध्यक्ष खाम्मा रावतले संयुक्त रुपमा वडालाई वालविवाह र शतप्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएको घोषणा गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सामाजिक कुरितिलाई हटाउने काम मध्यको वालविवाह भएकाले यो वडा घोषणा गरिएको बताउनुभयो । उहाँले गाउँपालिकालाईनै बालविवाहमुक्त गर्ने अभियानमा गाउँपालिकाको प्रथामिकता रहेको बताउनुभयो । उपाध्यक्ष प्रेमकली बुढाले छोरीहरुको जीवन वालविवाहले निकै कठिन बनाउने बताउदै यसमा सचेत हुदै सवैको सहयोगमा यो कार्य भएको जोड दिनुभयो । वडाध्यक्ष खाम्मा रावतले वडाका सवैवालवालिका विद्यालय भर्ना अभियान तथा वालविवाहमुक्त वडा घोषणा कार्यक्रममा सघाउ पुर्याउने सवै महानुभावलाई धन्यवाद ज्ञापन गर्नुभयो । घोषणा कार्यक्रममा देउडा सहित विभिन्न सास्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो ।

यसैगरी कनकासुन्दरी गाउँपालिका वडानं ४ र ५ यस अगाडि बालबिवाहमुक्त घोषणा भईसकेका छन् । गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीका अनुसार शुक्रवार वडा नं २ घोषणा र्भइसकेपछि ३ वटा वडा घोषणा गरिएको र अन्य तयारी भईरहेका छन् । वडा नं १ का अध्यक्ष भिमबहादुुर भण्डारीले छिट्टै वडा नम्बर १ पनि घोषणा गर्ने कार्यक्रमको तयारी भईरहेको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्