OnlinePana

आज : २०८१ चैत्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १०, २०८१
६८ पटक

 

१० फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लव सीले अरु पार्टीको स्कुल भन्दा नेकपाको स्कुल नयाँ भएको बताउनु भएको छ ।

नेकपा कर्णाली प्रदेशले जुम्लाको धाँचुगाउँमा ५ दिन देखि चलाएको स्कुलिङ्ग कार्यक्रमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लव सीले अरु पार्टीको स्कुलिङ्ग भन्दा नेकपाको स्कुलिङ्ग फरक भएको बताउनु भएको हो ।

उहाँले नेकपाको स्कुलिङ्ग भनेको क्रान्ति गर्ने र त्यसमा नयाँ विकास गर्ने कम्यनिष्ट स्कुल नै एकीकृत जनक्रान्तिको स्कुल भएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो ‘नेपालमा समाजवाद ल्याउने एकीकृत जनक्रान्तिको स्कुल नेकपाको हो, नेपालमा समाजवाद चाहिएको छ, समाजवाद ल्याउने बाटो नै नेकपाको स्कुल हो, यो नयाँ स्कुल हो, यो अरु पार्टीको स्कुल भन्दा फरक छ ।’

महासचिव विप्लवले नेकपा जनताको भरपर्दो पार्टी भएको जिकिर गर्दै दलाल पुँजीवादका विरुद्ध समाजवादी क्रान्तिमा देशलाई लिने स्कुल अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले नेकपा देश र जनतालाई आत्मनिर्भर बनाउन उत्पादनमा लागेको पार्टी भएको भन्दै यो स्कुल अरु भन्दा नयाँ भएको बताउनु भयो ।

उहाँले शास्त्रीय माक्र्सवाद रेटेर माक्र्स, लेनिन र माओले विकास गरेको स्कुल मात्र समातेर नेपालको क्रान्ति सफल नहुने भन्दै क्रान्तिको कार्यदिशा विकास सहितको नयाँ स्कुल जरुरी भएको बताउनु भयो । क्रान्तिको कुरा जनतासम्म बुझाउन र क्रान्ति सफल पार्ने दिशामा जान महासचिव विप्लवले सबैमा आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्