OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७७ जुम्ला
१६८५ पटक

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ ।
हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत काम दिईएको जानकारी गर्नुभयो । उहाँले जेठ १० गते देखी बरोजगार अति बिपन्न नागरिकलाई गाउँपालिकाका बिभिन्न वडामा उनिहरुलाई आरसिसि, गोरेटोबाटो, सिँचाई कुलो, ढल निकास र कृषि सडक निर्माणको काम दिई रोजगारी दिईएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले तयार पारेको बिपन्नको तथ्यांक अनुसार अति बिपन्नलाई यो समयमा काम दिएका छौ । यस्तै लामो समयदेखी लकडाउन भैरहदा लाखौको रोजगार गुमेको छ , यस समयमा भने बिहान बेलुका खान नपुग्ने अति बिपन्न लाई रोजगारीको अवसर दिईपछि उनिहरु खुशी भएका छन् । यसैगरी उनिहरुले काम गरे अनुसार दैनिक रु छसय ६० ज्याला प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
यसैगरी रोजगार ब्यस्थापन सूचना प्रणालीमा सुचिकृत भएका एक हजार सात सय ८५ बेरोजगार व्यक्ति मध्य प्राथमिकतामा परेका बेरोजगार ब्यक्तिलाई काममा खटाइएको गाउँपालिकाले जानकारी दिएको छ । रोजगार संयोजक पौडेलले उनिहरुलाई सामाजिक दुरि कायम गर्दै सुरक्षा तथा स्वास्थ्य सामाग्रीको प्रयोग गर्दै काममा लगाईएको छ ।
आर्थिक बर्षमा हिमा गाउँपालिकालाई ससर्त अनुदान बापत रु ४२ लाख बजेट प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राप्त भएको रोजागर शाखाँले जनाएको छ । सरकारले २०७५ फागुन १ देखि बेरोजगारलाई रोजगार दिने प्रधानमन्त्री रोजागार कार्यक्रम शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्