OnlinePana

आज : २०८१ फागुन ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ५, २०८१सुर्खेत
२९ पटक

५ फागुन २०८१, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई समस्याको खाल्डो नभई संभावनाको सरोवर बनाउनुपर्ने बताउनुभएको छ ।

ऋति फाउण्डेसनद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौं संस्करण २०८१ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले यसलाई संभावनाको सरोवर बनाउनेतर्फ ध्यान नपुगेको बताउनुभयो । यस विषयमा सबै सरोकारवालाहरुले गम्भीर समीक्षा र छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्णालीलाई हेर्ने र बुझ्ने दृष्टिकोण जे सतहमा आएको छ, त्यो सत्य होइन । यहाँका नागरिकले यस्तो सुन्दर कर्णालीको नाम लिँदा लघुताभास गर्नुपर्ने कुनै कारण छैन बरु कर्णालीको सौन्दर्यताप्रति उच्चताभास गर्नुपर्छ । कर्णाली दुःखको घाउ मात्र होइन, सम्भावनाको मल्हम पनि हो भन्ने विषयलाई हामी सबैले बुझन र बुझाउन सक्नुपर्दछ ।”

कर्णाली सभ्यता र इतिहासका दृष्टिले वैभवशाली भएको बताउनुभएका मुख्यमन्त्री कँडेलले नेपाली भाषाको उद्गमस्थलका रूपमा जुम्लाको सिंजा हाम्रो गौरव र पहिचान भएकोले नेपाली भाषा, सभ्यता, संस्कृतिका हिसाबले कर्णालीलाई विश्वभरका नेपाली भाषीले आफ्नो उद्गम थलोकै रुपमा स्वीकारेको जनाउनुभयो । ठूला—ठूला शहरको मानव सभ्यताको विकास नदीसँग जोडिएको उल्लेख गर्दै उहाँले एथेन्स वा रोमन सभ्यता नदीसँंग जोडिएझैं नेपालको पुरानो सभ्यता कर्णाली नदीसँग जोडिएकोले कर्णाली प्रदेश मुलुककै एक अनुपम र सम्भावनाको अवसर बोकेको क्षेत्र भएको दावी गर्नुभयो ।

उत्सवको पहिलो दिन आज राजनीतिक चिन्तक विश्वभक्त दुलाल (आहुति)ले ‘मान्ठ र मइडो’सँग सम्बन्धित कर्णालीको मानव सभ्यता, विकास, खस साम्राज्यको इतिहास, मष्टो संस्कृति, जात व्यवस्थाका बारेमा विद्धत प्रवचन दिनुभयो । ‘के पढ्यौ, के पढायौं ?’ शीर्षकमाथि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा.शिलु मानन्धर बज्राचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावल आफ्ना धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, कर्णालीको महिला आन्दोलनसँग सम्बन्धित ‘स्वाइनी स्वर’ शीर्षकमाथि धाराणा राख्दै पत्रकार दिलमाया शाही, नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेत र अभियान्ता पुना कामी, ‘बैकिनी बोल्लिछन्’ शीर्षकमाथि कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ नेपाल सरकारका सचिव राधिका अर्याल र ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’ शीषकमा वासुदेव उपाध्याय, इब्स्याल सञ्ज्याल र नवराज भण्डारीले आफ्नो प्रस्तुति राख्नुभयो । कार्यक्रममा एक हजार तीन सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्