

पुस २६ गते । ईजरायलले प्लालेष्टनमाथी गरिरहेको आक्रमण रोक्न भन्दै जुम्लामा हस्ताक्षर अधियान शुरु गरिएको छ ।
नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी सहितका दलको संयूक्त अभियान नेपालले जुम्लाको कृष्ण मन्दिरमा हस्ताक्षर अभियान शुरु गरेको हो । प्यालिस्टिानी माथी ईजरायली जनसंहार विरुद्ध संयूक्त अभियान नेपालले गरेको हस्ताक्षर अभियानमा पहिलो दिननै सयौले हस्ताक्षर गरेका छन् । हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपाने सहित नेता कार्यकर्ता र एकिकृत समाजवादीका नेता कार्यकर्ताले अगुवाई गरेका छन् ।
विहिवारबाट शुरु भएको हस्ताक्षर अभियान एक महिना सम्म रहने बताईएको छ । प्यालेष्टाईन माथीको आक्रमण रोक, राष्ट्रसंघ दण्ड दे लगाएतका नारा तथा देशव्यापी हस्ताक्षर अभियान अभियान टासिएको ब्यानर सहित हस्ताक्षर अभियान थालिएको छ ।
नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपानेका अनुसार हस्ताक्षर अभियानका लागि केन्द्रबाट सर्कुलर भएको थियो । केन्द्रीय सर्कुलर अनुसार संयूक्त अभियानले विभिन्न प्रदेशमा विभिन्न दलको नेतृत्वको जिम्मेवारी दिएकोमा कर्णाली प्रदेश माओवादी केन्द्रको नेतृत्वमा हस्ताक्षर अभियान चलिरहेको जानकारी दिनुभएको छ । ईजरायल–प्यालेष्टाईनमा भएको यूद्धले लामो समय देखी मानिहरुको ज्यान गईरहेको छ ।
क्याप्सन ः जुम्लाको वालमन्दिरमा हस्ताक्षर अभियान तस्बिर नेत्र शाही, जुम्ला ।