OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर १९, २०८१जुम्ला,
७७ पटक

मंसिर १९ गते । जुम्लामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अपाङ्गता दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । निमित्त जिल्ला न्यायधिवक्ता अनिल रेग्मीले नेपालमा अपाङ्गता कानून र प्रयोगको अवस्थाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँले नेपालमा अपाङ्गता सम्बन्धी बनेका कानून, यसको प्रयोग, कार्यान्वयनको अवस्था, अवसर, च्ुनौतिका बिषयमा कार्यपत्रमा प्रस्तुत गर्नुभएको छ । उहाँले सरकारले कानून, निति निर्माण गरेपनि अहिले पनि केही प्रयोग हुन नसकेको, पूर्ण अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता दोब्बर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई कसैले अपहेलना गरेर गाली गरेमा समेत कसुर र सजाय हुने व्यवस्था समेत रहेको छ ।

समावेसी र दिगो भविश्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार भन्ने मुल नारा सहित मनाईएको ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अपांगता भएका ६० जना वालवालिकालाई न्यानो टोपी र मोजा समेत वितरण गरिएको छ । चन्दननाथा नगरपालिका महिला तथा वालवालिका शाखा, सामाजिक विकास कार्यालय, किडार्क नेपाल, सांग्रीला एशोसियशन नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालयको साझेदारीमा दिवस मनाईएको छ ।

जुम्लामा प्रदेससभा सांसद देवेन्द्रबहादुर शाहीले दिवसको अवसरमा शुभकामना दिदै अपगता भएका व्यक्तिलाई अवसर दिएमा जुनसुकै काम गर्न सक्नेमा जोड दिनुभयो । उहाँले आफुपनि अपांगताको अभिभावक भएकाले यस क्षेत्रमा गर्नुपर्ने कामका लागि आफु तयार भएको छ ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपानेले अपांगता भएका व्यक्तिलाई आधारभुत आवश्यकताका बिषयमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि अपाङ्गता भएका व्यक्ति आधारभुत रुपमा जीवन जीउन कठिन भएकाले सो अनुसारको आर्थिक समृद्धिमा जोड दिन आवश्यक रहेकाले स्थानीय, प्रदेस र संघीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले अपाङ्गता भएका व्यक्तिलाई फरक क्षमता नभई अपांगता भएका व्यक्ति भन्नु पर्ने र सो सवालमा काम गर्न आजको आवश्यकता रहेकोमा सामाजिक विकास कार्यालयले समन्ँवय तथा सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा सरोकारवाला निकायको सवालमा काम गर्न आवश्यक रहेको छ ।

प्रतिकृया दिनुहोस्