OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,कार्तिक १५, २०८१जुम्ला,
३०४ पटक

कार्तिक १४ गते । कवि धनबहादुर शाहीको बिर्षिएका अतितहरुको कविता संग्रह विमोचन भएको छ । जुम्लामा एक कार्यक्रमका विच कविता संग्रह विमोचन भएको हो ।

हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर शाही, खस साहित्य समाज जुम्लाका अध्यक्ष रामकृष्ण बुढ्थापाले कविता संग्रह विमोचन गर्नु भएको छ । कविता संग्रहमा विभिन्न ५२ वटा कविताहरु संकलन गरि प्रकाशित भएका छन् ।
कविता संग्रहका बिषयमा डां गोविन्द नेपाली, जुम्ला वहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्री लगायतले टिप्पणी गर्नु भएको छ । विमोचन कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सालिन ईमान्दार कवि धनबहादुर शाहीको कविता संग्रह राम्रो भएको बताउदै लेखकलाई आफ्नो प्रथामिकता दिनेमा जोड दिनुभयो ।

पातारासी गाउँपाकिा अध्यक्ष पूर्णसिंह बोहराले कविलाई शुभकामना दिदै स्थानीय सरकारको तर्फबाट सहयोग हुनेमा जोड दिनुभयो । जुम्ला वहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाशचन्द्र खत्रीले लक्ष्मी प्रसाद देवकोटाको कविता क्षेत्रमो योगदानको प्रशंसा गर्दै कवि धनबहादुरको कविता संग्रहको भाषा सम्पादनमा सहयोग गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कविता संग्रहले सरोकारवालालाई घोच्ने, विजाउने र अतित बिर्सने काम गरेको बताउनुभयो । खस साहित्य समाज जुम्लाका अध्यक्ष रामकृष्ण बुढ्थापाले किताव लेखनमा साहित्य क्षेत्रमा धनबहादुर उदाएकोले शुभकामना दिनुभयो । उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले शुभकामना दिदै आर्थिक अभावले किताव बिमोचन हुन नसकिरहेको जोड दिनुभयो ।

उहाँले साहित्य क्षेत्रलाई सरकारले पहिचान गर्न नसक्दा समस्या भईरहेको र फष्टाउन कठिन भएको गुनासो गर्नुभयो । गजलकार यमराज कार्कीले धनबहादुर कुशल ईमान्दार स्थापित कवि भएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्