OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २२, २०८१
२७८ पटक

जुम्ला÷भदौ २२ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुदा आठ जना घाइते भएका छन् । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन ।

जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस मोडमा दुर्घटना भएको हो । घाइते हुनेमा सुर्खेत जाँदै गरेका सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, ६० वर्षिय मनजीते सार्की, ६५ वर्षिया जर्मा सुनार, ६४ वर्षिया मनकन्या चौलागाईं, जुम्ला कनकासुन्दरी ९६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो ।

त्यस्तै, कालीकोटको तिलागुफाका तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाईं र पूर्णप्रसाद चौलागाईं पनि घाइते हुनुभएको छ । विरामीलाई कर्णाली प्रतिष्ठानमा पुरयाईएको छ ।

 

प्रतिकृया दिनुहोस्