OnlinePana

आज : २०८१ पौष ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०८१जुम्ला,
१५६ पटक

साउन २४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागार जुम्लाका कैदी बन्दीलाई किताब हस्तान्तरण गरेको छ । प्रहरीले कैदीवन्दीलाई भित्रै अध्ययन गर्न सजिलोका लागि विभिन्न लेखकका पुस्तक हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतिका अनुसार कैदीबन्दीलाई कारागार भित्र किताब उपलब्ध गराई ज्ञान दिने उद्देश्यका साथ पुस्तक हस्तान्तरण गरिएको छ । प्रहरीले कैदीवन्दीलाई उपलब्ध गराएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिले पुस्तक हस्तान्तण गर्नुभएको छ ।

प्रहरी नायवउपरीक्षक कामतीका अनुसार चाँदीको घेरा थान ८, शंकराचार्यको जीवनी थान १, पानी र मानवता थान १, आधुनिक नेपाली महाकाब्य थान १, मान्छे निवन्ध संग्रह थान १, संकराचार्यको जीवनी थान १, अब्यक्त गिता थान १, रामकृष्ण र बुद्ध दर्शन थान एक सहित विभिन्न ३० थान पुस्तक हस्तान्तरण गरिएका छन् । प्रनाउ कामतीले पुस्तक सँगै १६ थान लुडो र चेस समेत कारागारका कैदीबन्दीलाई उपलब्ध गराईएको जानकारी दिनुभयो ।

पुस्तक तथा खेल सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुस्तकले बन्दी भएको अवस्थामा समेत अध्ययन गरेर ज्ञान दिन सक्ने भएकाले सजिलो हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले ठूला ठूला विद्धानहरु कारागारमा बन्दी जीवन विताईरहेको समयमा अध्ययन गरेर, पुस्तक लेखेर राम्रो विद्धान भएकाले किताबी अध्ययन गर्न अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्