OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश वि.कजेठ ६, २०८१जुम्ला
३४५ पटक

तिला गाउपालिकाको स्वास्थ्य शाखाले दुई दिने दिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । उपाध्यक्ष कार्याक्रम अन्तरगत्त तिला गाउँपालिकाको मानेचौरमा निशुल्क स्वास्थ्य गरिएको हो । कार्यक्रम निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ४ जना लाभान्वित भएका छन । जनता सँग उपाध्यक्ष कार्यक्रम मार्फत स्त्रीरोग, हड्डी नशा लगायतको रोगको बारेमा चेकजाँच गरिएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताउनुभयो । उहाँका अनुसार पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य जाँच गरिएको जनाउनुभयो ।

उहाँले, महिलाहरुमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या देखिएको र उक्त समास्यको समधान गर्नका लागी स्वास्थ्यकर्मीको टोलिले जाँच गर्न लागीएको हो । उहाँले भनुभयो, ‘कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम बढेको छ ।

त्यस्तै स्वास्थ्य शिविरमा आङ खस्ने समस्या भएका महिलाको रिङ पेसरी राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखाका संयोजक हर्क बहादुर रावतले बताउनुभयो। उहाँले भनुभयो, ‘तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या भएका महिलाहरुका लागि औषधि वितरण गरिएको जानकारि दिनुभयो । जटिल समस्या भएका महिलालाई रिफोर गरिएको वताउनु भएको छ । उहाँले भनुभयो,‘ ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेको संयोजक रावतले वताउनुभयो । यो शिविरले गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेका छन ।

त्यस्तै, पिछडिएका नागरिकका लागि शिविर निकै उपलब्धिपूर्ण भएको तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले बताउनुभयो । उहाँले भनुभयो, “यहाँका नागरिकलाई वास्थ्य जाँच गराउन कठिन छ तर जनताले गाउँमै स्वास्थ्य सेवा पाउन भन्ने हाम्रो उद्देश्य हो । शिविरमा स्वास्थ्य अवस्थाको पहिचान साथै ग्याष्ट्रिक, हाडजोर्नी तथा नसा, छाला रोग, स्त्रीरोग, बाथरोग, पेट, खोकी र श्वासप्रश्वास लगायतका रोगको उपचार गरिएकोे छ ।

प्रतिकृया दिनुहोस्