OnlinePana

आज : २०८१ बैशाख १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र १९, २०८०जुम्ला,
५५ पटक

चैत १९ गते । वि.सं २०३८ सालमा लेखिएको गिति नाटक प्रतिज्ञाको तेस्रो प्रकाशन विमोचन गरिएको छ ।
जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायधीस कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ बर्षिय रामकृष्ण बुढ्थापाद्धारा लिखित नाटकको विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा बुढ्थापाले तत्कालिन समयमा पञ्चायतले आफुलाई जेलहालेपछि प्रतिज्ञा नाटकको जन्म भएको जानकारी दिनुभयो । लेखक बुढ्थापाका अनुसार गरिवि विरुद्ध जागरण दिने र पञ्चायत विरुद्धमा लेखिएको प्रतिज्ञा नाटका कारण आफुलाई पटक पटक जेल हालिएको थियो ।

उहाँलाई वि.सं २०३८ साल असोज महिनामा पक्राउ गरि नौ महिना कारागर चलान गरिएको जानकारी दिनुभयो । जेलभित्र लेखिएको नाटकमा मुख्य पात्र श्रीमान् चैते, श्रीमति वैशाखी र छोरा गोपाल हुन्छन । श्रीमान् चैते साहुँको काम गरिरहेपनि छोराको उपचारमा आर्थिक सहयोग नहुदा जिल्ला प्रशासन कार्यालयमा जादा पनि न्याय पाउदैनन र उपचार नभएपछि छोरा गोपालको निधन हुन्छ । यसरी उपचार नपाएर छोराको निधन हुनु तर आर्थिक बटुलिरहेका समाजमा धनि व्यक्तिले भारी वोकेर श्रमको मुल्य समेत नदिनु समाजको चित्र देखाउने सो नाटकले कर्णालीको तत्कालिन समयको गरिविको झल्को पनि दिन्छ ।

पञ्चायतमा जेलभित्र लेखिएको नाटक वि.सं २०४९ आश्विनमा पहिलो सस्कारण, २०५२ साउनमा दोस्रो सस्करण प्रकाशन भएको थियो तर त्यो प्रकाशन नपाईएपछि नाटकका कलाकार तथा पाटकहरुको मागमा तेस्रो प्रकाशन गर्नु परेको लेखकले बताएका छन् । विमोचन कार्यक्रममा गिति नाटक गरिविको चक्र हटाउने सचेतना दिने रहेको सुझाव दिएका छन् ।
सुर्खेत जुम्ला उच्च अदालतका न्यायधीस कैलास गुरुङले प्रतिज्ञा नाटक मुना मदन कविता भन्दा कम नभएको टिप्पणी गर्नु भयो । उहाँले औषधी मुलो नपाएर गरिविको कथा बनेको यो प्रकाशन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले ७७ बर्षिय लेखक बुढ्थापा राजधानी सँगको पुल हुन सक्ने बताउनुभयो । जिल्ला समन्य समितिका प्रमुख गौरीनन्द आचार्यले बुढ्थापा आदर्श राजनितिज्ञ रहेको बताउनु भयो । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नाटक मञ्चन गर्दै गर्दा जेल गएको प्रत्यक्षदर्शी भएको बताउदै बुढ्थापाको आदर्श राजनितिले आफुहरुलाई पनि राजनितिमा समेत ल्याएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले पढ्ने सस्कृतिको विकास घटिरहेको समयमा ७७ बर्षिय ज्येष्ठ नागरिकले प्रतिज्ञा नाटक पुन प्रकाशन गर्नु भएकोमा सवैलाई प्रेरणा दिने बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीको गरिवि विरुद्धको विगुल फुक्ने गिति नाटक ७७ बर्षिय ज्येष्ठ नागरिक बुढ्थापाले युवाको भन्दा बढि सक्रियताका साथ काम गरेकोमा जोड दिनुभयो । गिति नाटकका पात्रहरु भने दर्जनौ रहेका छन् । सो नाटक कर्णाली क्षेत्र र भेरीका दैलेख, नेपालगञ्ज, बर्दियामा समेत गरिएको थियो ।

बुढ्थापाले पञ्चायतमा साविक चन्दननाथ गाविसको प्रथम प्रधानपञ्च निर्वाचित भएको २ बर्षमा पदबाट राजिनामा दिएपछि तत्कालिन सरकारले पुन जेल हालेको थियो । रामकृष्ण बुढ्थापा नेपाल मजदुर किसान पार्टीको तत्कालिन केन्द्रीय उपाध्यक्ष तथा बहुदलको पक्षको आन्दोलनका बाम मोर्चाका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । नाटकको विमोचन कार्यक्रममा आयोजक कर्णालीको पहिलो पत्रिका कर्णालीको सन्देस साप्ताहिक पत्रिकाका संस्थापक र सहयोगीलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्