OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २३, २०८०जुम्ला,
१८१ पटक

जुम्ला÷माघ २३ गते ।
चन्दननाथ नगरपालिकाले करार कर्मचारी हटाईएको बिषयमा कर्मचारी संगठनले ध्यानाकर्षण गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्य समिति जुम्लाले एक विज्ञेप्ति जारी गर्दै हटाईएका कर्मचारी काममा फर्काउन अनुरोध गरेको हो ।

जिल्ला सचिव उत्तम देवकोटाबाट जारी विज्ञेप्तिमा भनिएको छ, करार कर्मचारी हटाईएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ । नगरपालिकाको लिखित तथा मौखिक परीक्षामा सहभागी भई नियूक्त भएका केही कर्मचारीलाई मात्र हटाईएकोमा नगरपालिकाको वदनियत भएको उल्लेख छ । कर्मचारीले निकालेको विज्ञेप्तिमा उल्लेख छ, कानून बमोजिम भर्ना गर्न मालि,स्विपर, चालक, का.स करारमा सेवा लिन सकिने व्यवस्था छ तर जनप्रतिनिधिहरुले आफ्नो राजनैतिक अभिष्ठ पुरा गर्न अनावश्यक भर्ना गरेको विद्यमान अवस्थामा सवै कर्मचारी लोकसेवाबाट पदपुर्ति गर्ने व्यवस्था कायम राख्न र हटाईएका कर्मचारीलाई काममा फर्काउन माग गर्दछौ ।

चन्दननाथ नगरपालिकाले ति कर्मचारीलाई नथप्ने निर्णयमा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानका अनुसार माघ २१ गते हटाईएका कर्मचारीले दिएको ज्ञापनपत्रमा २४ घण्टाको अल्टिमेटम थियो । आफुले राजश्व शाखाको रायलिएर नगरप्रमुखलाई २४ घण्टाभित्रै वुझाएको र नगरप्रमुखले मंशिर २३ कै निर्णय स्विकृत गरेको जानकारी दिनुभयो । नगरपालिकाले एक सुचना जारी गरेर मंशिर २३ गतेकै निर्णय कार्यान्वयन भएको बताईएको छ ।
नगरपालिकामा हटाईएका कर्मचारीले ज्ञापन पत्र दिएर चेतावनी दिनुका साथै माग पेश गरेका थिए । गएको २०८० मंसिर २३ गते चन्दननाथ नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर हटाइएका १२ जना कर्मचारीले माघ २१ गते आफुहरुलाई तत्काल काममा फिर्ता नगरे नगरपालिका तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

उनिहरुले नगरपालिकाका अघिल्ला जनप्रतिनिधिले विज्ञापन गरी लिखित तथा मौखिक परीक्षा संचालन गरी मिति २०७७ माघ १ गतेबाट करार सम्झौता गरी काम गर्दै आएका थिए । मंसिरबाट अहिले सम्म काममा पुन फकाउन अनुरोध गर्दै आएपनि नगरपालिकाले कुनै सुनुवाई नगर्दै आएको गुनासो गर्दै आईतबार चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समक्ष ज्ञापन पत्र बुझाईएको छ । हटाईएका कर्मचारीहरुले चालू आवको असार सम्म तलब भत्ताको बजेट समेत विनियोजन भईसकेकोले नियमित काममा फिर्ता गर्न माग समेत गरेका छन । असार सम्मको बजेट छुटाएर पनि बीचैमा फाल्न खोजिएको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुको दाबी छ ।

प्रतिकृया दिनुहोस्