OnlinePana

आज : २०८१ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,माघ १०, २०८०जुम्ला,
२२० पटक

जुम्ला , चन्दननाथ नगरपालिका २ निवासी २४ बर्षिय यूवा विराज भण्डारीको पातमा चित्र र आकृति कोर्ने कला छ । उहाँले पातमा आकृति कोरेर नाम सहित आम्दानी समेत गर्न शुरु गरेका छन् ।

विराजले पहिले आर्ट प्रतिस्पर्धा गर्थे, विस्तारै पातमै मानिस तथा विभिन्न बस्तुको आकृति कोरेर अहिले रमाईरहेका छन् । विराज भण्डारीका अनुसार सन २०२० मा लकडाउनको समयमा यूटयूवमा यो कलाका बिषयमा सिक्ने गरेको बताउनुभयो । उहाँका अनुसार सिक्दा सिक्दै कलामा प्रतिस्पर्धा पनि गरियो र राम्रो नतिजा आएपछि विगत २,३ बर्ष देखी पातमा आकृति कोरेर आफु रमाईरहेको बताउनु हुन्छ । उहाँले सवैभन्दा पहिला भारतको ताजमहलको तस्बिरको आकृति पातमा बनाएको देखेपछि यसको नक्कल गरेर पातको चित्र कोर्न शुरु गरेको उहाँ बताृउनु हुन्छ ।

भण्डारीका अनुसार शुरुमा नेपालको नक्शा कोरेर हेर्दा राम्रो लाग्यो । पछि विस्तारै अहिले पातमा आकृति कोर्ने मेरो दैनिकी छ । उहाँले अहिले विभिन्न मानिसका आकृति समेत निकालेर चित्र कोरिरहनु भएको छ । हाल सम्म करिब दूई हजार देखी दुईहजार पाँच सय पातमा मानिसहरु र विभिन्न महत्व राख्ने स्थानका चित्रको आकृति कोरिसकेको उहाँ बताउनु हुन्छ ।

पातमा कोरेको चित्रमा सामाजिक सञ्जालबाट पनि निकै प्रोत्साहन आएपछि यसलाई झन निरन्तरता दिदै आएको बताउनुभयो । अहिले मानिसहरुका आकृति जस्ताको तस्तै बनाउन थालेपछि काम गरेको पारिश्रमिक पनि पाउने गरेका छन् । एउटा पातको आकृतिबाट एक हजार देखी माथी आम्दानी हुने गरेको छ ।
विराज भण्डारी यसको अलवा आशिंक समयमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यापन पनि गराउने गरेको बताउनु हुन्छ ।

उहाँको शिपको कदर गर्दै आशिंक प्रशिक्षकको रुपमा अवसर पनि दिएको छ । जुम्लाको जनता मावि महत गाउँमा हाईस्कुल, नासा कलेज काठमाण्र्डौमा प्लस टु हुदै गौरादहमा विएसि एजि उत्तिर्ण गरेका भण्डारीको यो शिप अहिले चर्चामा छ । कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले विराज भण्डारीले पातमा चित्र र आकृति कोर्ने काममा राम्रो कला भएको बताउनुभयो । विराजले पछिल्लो समयमा कुलमान घिसिङ, वालेन्द्र शाह, लक्ष्मी प्रसाद देवकोटा सहितका व्यक्तिहरुको पातमा आकृति कोरेका छन् । विराजले कोर्ने चित्रको पात विशेषगरी पिपल र केराको पात रहेको छ ।

 

प्रतिकृया दिनुहोस्