OnlinePana

आज : २०८१ पौष २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी,आषाढ २१, २०८० जुम्ला,
३०५ पटक

तातोपानी ४ गिडिखोलामा घर जलेको बिषय पछि केटी पक्षका आफन्तले वालिकाको सवाल पनि अगाडि बढाएका छन् ।
उनिहरुले जुम्लामा पत्रकार भेटघाट गरेर मुकेन्द्र नेपालीले भगाएकी वालिकाको खोजी गरिदिन अनुरोध गरेका हुन । उनिहरुले विकसित घटना सँगै आफु झन पिडित भएको बताउदै पत्रकार भेटघाट मार्फत आफ्ना कुरा राखेको बताएका छन् । सवैले एक पक्षिय बिषय मात्रै उठान गर्ने तर वालिका हराएको बिषयमा मिडियाले उठान गरिदिन आफन्तले अपिल गरेका छन् । १४ बर्ष ७ महिनाकी वालिका हाल सम्पर्क विहिन भएको भन्दै खोजी गरिदिन अपिल गरेका हुन ।

केटी पक्षकी दिदी निशा गिरीले पत्रकार भेटघाटमा सार्वजनिक गरेको विज्ञेप्तिमा भनिएको छ, २०८० साल असार १२ गते दिउसो अन्दाजी ४ बजे घरवाट वहिनी हिडेकोमा अवेला सम्म घर नफर्किएपछि मेरो वुवा र अंकल ऐरेनीमा रहेको प्रहरी चौकीमा हराएकाले खोजी गरिपाउ भनि पुगेको र प्रहरी भोली आएर निवेदन दिनु भनेपछि १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनु भएको थियो ।

ध्यानाकर्षणमा उल्लेख छ, औषधी लिन भनी घरबाट हिडेको १५ बर्षको छोरी सँग विहेका लागि हिडि भनेर खोजी गर्दा स्थानीय मुकेन्द्र नेपालीले अघिल्लो दिन साझ ७ गते तिर तातोपानी गाउँपालिका ४ पाण्डेवाडाको दियारको रुख नजिकै कुटपिट गरेर लछार पछार पारेको त्यही खेलिरहेका बच्चालाई सोधेपछि थाहा भएको र त्यसपछि खोजीकार्य भएपनि आज ८ दिन भईसक्दा पनि १५ बर्षको बच्चाको अवस्था के छ कसैलाई थाहा छैन् ।

पत्रकार भेटघाट सार्वजनिक ध्यानाकर्षण पत्रमा भनिएको छ, अन्तरजातीय विवाह भनेर वालविवाह वैधानिक वनाईदिनु भएको छ, के हामी निमुखाहरले न्याय नपाउने ? हामी गरिव र कमजोर भएका कारण बलत्कृत हुनुपर्ने ? पत्रमा अपराध जसले गरेपनि कानून बमोजिम कारवाही हुनुपर्छ भन्ने छ ।
उनिहरुले पत्रकार भेटघाटमा भनको छन्, जुन सामाजिक संजाल र मिडियामा गोपनीयता भंग भएको छ, त्यो राम्रो नभएको भन्दै सच्याउन तथा वालिकाको पक्षमा समेत आवाज उठाएर माग गरेका छन् । पत्रकार भेटघाटमा पत्रकारहरुले जिज्ञासा समेत राखेका थिए । पत्रकार भेटघाटमा जातीय विभेद यस घटनामा नजोडिइको उनिहरुको भनाई छ ।
२०८० जेठ १७ गते विहान तातोपानी गाउँपालिका ४ गिडिखोलाका भरत नेपालीको घर आजजनी भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार तातोपानी ४ कै हिक्मत गिरी सहित ३ जना विरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरि प्रहरीले म्याद थप गरेको छ ।

मुलुकी अपराध सहिँता २०७४ को दफा २८५ र १६६ अनुसार अपराधिक उपद्रव र जातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर मुद्दा अगाडि लगाईएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । घटनाको ४ दिन अघि घरधनी भरत नेपालीका भाई मुकेन्द्र नेपालीले सोही गाउँकी गिरी थरकी एक केटी भगाएर विवाह गरेको जनाईएको छ । यता घर जलेपछि जातीय विभेद भएको भन्दै दलित अधिकारकर्मी तथा संगठनहरुले ध्यानाकर्षण गर्दै आईरहेको समयमा आज भने केटी पक्षका आफन्तले पनि पत्रकार भेटघाट गरि आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनिहरुले आफ्नो तर्फबाट मुद्दा अगाडि बढाउने तयारी समेत भईरहेको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्