OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ३०, २०७७जुम्ला,
६९९ पटक

खलङ्गा वैशाख ३० गते । कोरोना रोकथाम अभियानमा अहिले जुम्ला पनि अग्रस्थानमा काम गरिरहेको छ । कर्णाली प्रदेशकै सवैभन्दा ठूलो स्वास्थ्य संस्था कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको हुदा यहाँको जनशक्तिले अहिले तीब्र गतिमा कर्णालीभरी कोरोनाको आशंका भएका व्यक्तिहरुको खोजेर जाच्ने काम गरिरहेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीय तहका स्वास्थ्य कर्मीहरुको सहयोगमा जिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाईममा बसेका र वाहिरबाट आएकाहरुको प्रतिष्ठानले एकै दिन जुम्लाका सवै स्थानीय तहबाट आठ सय ४९ जनाको स्वाब संकलन गरको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार जिल्लाका आठवटै स्थानीय तहबाट एकै दिन अहिले सम्मकै बढि स्वाब संकलन गर्न सफल भएका छौ । उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले द्रुत गतिमा कारोना रोकथामका लागि स्वाब संकलन जाँच प्रक्रियालाई अगाडि बढाएको हो । प्रतिष्ठानले पछिल्लो समयमा पिसिआर मेशिन ल्याएपछि जाँच प्रक्रियालाई पनि अहिले तीब्र पारेको छ । यस अघि मेशिन नहुदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको एकैपटक हवाई मार्गबाट स्वाब संकलन गरेर काठमाण्डौ लिई परीक्षण गरेको थियो ।
जुम्लामा पिसिआर मेशिन आएपछि अघि एक सय जनाको स्वाबको पिसिआर जाँच गरिसकेको र सवैको नतिजा नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । अव सोमवार एकै दिन संकलन गरिएका स्वाबको परीक्षण शुरु भएको छ ।
पुलिङ विधिबाट परिक्षण शुरु :
जिल्लाका सवै स्थानीय तहमा डाक्टरको टोली खटाएर स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुको सहयोगमा जिल्ला बाहिरबाट आएका व्यक्तिहरु तथा स्वास्थ्यकर्मीहरुको समेत पहिलो पटक ठूलो मात्रामा स्वाव संकलन भएपछि परीक्षण प्रक्रिया पनि तीब्र बनाएको छ । प्रदेश सरकारले कर्णालीका दश जिल्लाका २७ स्थानमा स्वाव संकलन भईरहेको मध्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मा १० स्थानबाट आएको स्वाबको परीक्षण हुनेछ । सो तयारीका लागि एकै पटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले शुरु गरेको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाका अनुसार एकै पटक धेरैको जाँच हुने विधि शुरु गरेका छौ । जुम्लाका मात्रै आठ सय ४९ जनाको स्वाब आई दर्ता भईसकेकाेे छ । सरकारले पनि यो विधि शुरु गर्न भनेपछि कर्णाली प्रतिष्ठानमा अव पुलिङ विधी गरेका छौ । पिसिआर परीक्षण विधीमा खटिएको टिमलाई प्रत्यक्ष निर्देशन जाँच गरिरहनुभएका शिक्षाध्यक्ष डा. थापाका अनुसार दश जनाको स्वाब एकै स्थानमा राखेर गरिने विधी पुलिङ विधि हो । यद्यपी पुलिङ परीक्षण विधिबाट पनि पोजेटिभ आएमा फेरी १० जनाको भिन्नै परीक्षण गरिने छ ।

स्वास्थ्यकर्मीको बहादुरीको कदर गर्नेछौ : मुख्यमन्त्री शाही
अहिले सम्मकै कोरोनामुक्त प्रदेशका रुपमा चिनिएको कर्णाली प्रदेशबाट पछिल्लो समय जिल्ला वाहिर रहेका मानिसहरु घर फर्केपछि कर्णाली सरकारले खोजेर जाच्ने प्रक्रिया तिब्र बनाएको छ । यो अभियानमा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख सचिब टेकनारायाण् पाण्डे, प्रदेश स्वास्थ्य निर्देशक रिता भण्डारी (जोशी) नेतृत्वको टोली जुम्ला पुगेर स्वास्थ्यकर्मीलाई उत्प्रेरणा दिएको फर्किएको छ । कर्णाली प्रतिष्ठानबाट स्वाब संकलन गर्न जिल्ला जिल्ला जाने स्वास्थ्यकर्मी र नेतृत्व स्तरमा गरिएको छलफल तथा अन्तरक्रियामा अहिले सम्म कर्णाली प्रदेशमा कोरोना शुन्यमा छ तर रिक्समा रहेको भन्दै काम गर्न निर्देशन दिएर फर्किनु भएकाे छ । उहाँले स्वास्थ्यकर्मीलाई तपाईहरुले गरेको काम र बहादुरीको उच्च कामको मुल्यांकन गर्ने प्रतिवद्धता गरेपछि स्वास्थ्यकर्मीले तालिले स्वागत गरेका थिए ।

यस अघि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको नेतृत्वमा रहेको अस्पताल परिचालन समितिको वैठक बसेर योजना बनाउन प्रतिष्ठानलाई निर्देशन दिएको थियो । सोही अनुसार प्रतिष्ठानले कोरोना रोकथाममा गर्ने कामको तीब्र गति शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्