OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०८०जुम्ला,
२०४ पटक

असार १६ गते । जुम्लामा लागु औषध नियन्त्रण विशेष अभियान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले कर्णाली प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियान अन्तरगत सो अभियान शुरु गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, जुम्लाका स्थानीय तहका प्रमुख उपप्रमुख, सुरक्षा निकाय, नागरिक समाज, सरोकारवाला निकाय, विद्यार्थी शिक्षक र स्थानीय सयौको सहभागितामा अभियान शुरु गरिएको हो ।

अभियानको क्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विषयमा नेपाल र अन्तराष्ट्रिय स्तरको हालको अवस्था विषयमा प्रस्तुतीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल १ लाख ३६ हजार ४२५ नागरिक लागु औषध प्रयोगकर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल नेपालमा ३३ हजार ५३ जनालाई लागु औषधका प्रयोगकर्ता तथा कारोवार गर्ने व्यक्ति विरुद्ध मुद्धा अगाडि बढाईएको छ ।

प्रहरीले प्रस्तुत गरेको प्रतिवेदनमा जुम्लामा चालु आर्थिक बर्षमा १२ वटा मुद्दामा २७ जना व्यक्ति पक्राउ परि मुद्दा अगाडि बढाएको जानकारी गरेकोछ । आर्थिक बर्ष २०७७।०७८ मा ५ वटा मुद्दामा १६ जना, आर्थिक बर्ष २०७८।०७९ मा ७ वटा मुद्दामा १३ जना पक्राउ परेका छन् । प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा कर्णालीमा पहिलो सुर्खेत र दोस्रो जुम्ला लागु औषध प्रयोग गर्ने जिल्ला हालको तथ्यांकमा रहेको जानकारी गरिएको छ ।

अभियानका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लागु औषध दुरउपयोगले समाज भत्किने भएकाले अभियानलाई दिगो र निरन्तर रुपमा अगाडि बढाउने बताउनुभयो । उहाँले सामाजिक जागरण अभियानमा जिल्लामा समन्वय सहकार्य बढि आवश्यक भएकाले सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले सुरक्षित कर्णाली प्रदेश अन्तरगत शुरु गरिएको यो अभियानमा उपस्थित भई सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद ज्ञापन गर्दै अभियान निरन्तरताको लागि सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायत धन, पैसा, घर, मात्रै महत्वपुर्ण नभई सामाजिक बिषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले लागु औषधदुब्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम गर्न नगरपालिकाले निति कार्यक्रममा ल्याएको भन्दै रु १० लाख रुपैया विनियोजन गरिएको बताउनुभयो ।

गुठिचौर गाउँपालिका प्रमुख दानबहादुर बुढाले गुठिचौर गाउँपालिकाले सुरक्षित गाउँपालिका अभियानमा प्रथामिकता दिईएको बताउनुभयो । उहाँले संसारमा सवैभन्दा महत्वपूर्ण मानवीय सेवा महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले लागु औषध नियन्त्रण गर्न स्थानीय सरकार सँगै सवैको आवश्यकता हुनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले लागु औषधले परिवार र समाजमानै असर पुरयाउने डर भएकोले अभियानले सचेतनामा सहयोग गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरु विद्यालय स्तरमा बढाउन आवश्यक हुन्छ । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावलले स्थानीय सरकारले लागु औषध विरुद्धको अभियान थाल्नमा कमी नगर्ने प्रतिवद्धता जनाउनुभयो ।

सामुहिक हस्ताक्षर :
अभियानमा स्थानीय राजनैतिक नेतृत्व, जनप्रतिनिधि, विद्यालयका वालवालिका, सरोकारवाला र स्थानीयको वाक्लो उपस्थिति थियो । विहान स्थानीय पञ्चेवाजा सहित प्लेकार्ड सहित प्रभात फेरी गरेर अभियानको शुरु गरिएको थियो ।

अभियानमा लागु औषध दुरउपयोग विरुद्धको ऐक्यवद्धता जनाउदै सामुहिक हस्ताक्षर अभियान थालिएको थियो । लागु औषध नियन्त्रण सम्वन्धी विशेष अभियान २०८० को अवसरमा ‘लागु औषध दुव्र्यसन ओसार पसार कारोवारमा लाग्ने छैन, लागु औषध दुव्र्यसन सेवन ओसार पसार कारोवार गर्ने गराउनेलाई कानून बमोजिम कारवाही गर्न आफ्नो दायित्व भरपुर पुरा गर्नेछु ।’ भन्ने प्रतिवद्धता जनाउदै हस्ताक्षर गरिएको छ ।
क्याप्सन : जुम्लामा लागु औषध विरुद्धको सामुहिक अभियान तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्