OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ९, २०८०काठमाडौं
११९ पटक

९ असार २०८०, शनिबार

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार जीप दुर्घटनामा परेको छ ।

सभापति खड्का चढेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको जीप चौरजहारी नगरपालिका ३ रुकुमपश्चिमस्थित घारीपाखामा आज दिउसो ३ः०० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

सभापति खड्कासहित उहाँका स्वकीय सचिव हुकुम बीसी, चौरजहारी नगरपालिका ९ भुवाधारास्थित आधारभूत विद्यालय प्रधानाध्यापक सुगन्धा मल्ल, चालक युवराज गिरीसहित जीपमा सवार नौ जना घाइते भएको उहाँले बताउनुभयो । जीप अनियन्त्रित भएर दुर्घटनामा परेको जनाईएको छ ।

प्रवक्ता भट्टराईका अनुसार सभापति, प्रधानाध्यापक मल्ल र ललिता गुरुङलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ भने बाँकी सबैको चौरजहारी अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । खड्का भोलि रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा आयोजित गाउँसभामा सहभागी हुन आज त्यसतर्फ जानुभएको थियो ।

प्रतिकृया दिनुहोस्