OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ५, २०८०सुर्खेत
५४१ पटक

 ५ बैशाख २०८०, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राईड टु रारा’ प्रतियोगिता हुने भएको छ ।

त्रिवेणी एडभेन्चर्स प्रालि.तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा बैशाख १०–१३ गतेसम्म ‘राईड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा २० वटा बुलेट बाईकमा ४० जना राईडर्सहरु रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालि.का सञ्चालक मनराज सिम्खाडाले जानकारी दिनुभयो ।

आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खाडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सहरुलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रमका लागि रु.आठ लाख बजेट लाग्ने अनुमान गरिएको उहाँले जनाउनुभयो ।

एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङ्मा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइएको बताउनुभयो । “अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन् । हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारातालमा पुर्याउने योजना बनाएको छौं,” उहाँले भन्नुभयो, “त्यसभन्दा माथि जति थपिदै गएपनि उनीहरुलाई यो प्रतियोगितामा सहभागी गराउँछौं ।”

राइडर्सहरुसँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाउनुभयो । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ । उक्त कार्यक्रममा भाग लिनेहरुका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्