OnlinePana

आज : २०८३ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ३०, २०७९
१४८८ पटक

 

प्रिय पवित्रा !

आज चैत ३० गते अर्थात् यो वर्षको अन्तिम दिन । हरेक वर्ष चैत मसान्त यस्तै विदाईको दिन आइरहन्छ । यस वर्षपनि वर्षको अन्तिम विदाईको दिन आयो जुन आज राति १२ः०० बजे देखि आफूलाई ओझेलमा पार्दैछ र नयाँ बिहानीकाे स्वागतका लागि व्यग्र प्रतिक्षामा छ । मूलत: त्यही बिगत र वर्तमानलाई संयोजन गरेर केही भन्ने जमर्को गरेको छु ।

हेर पवित्रा ! विसं.२०७९ साल कसरी बित्यो भन्दा पनि आउने २०८० साल कसरी बित्छ भन्ने कुराले ठूलो अर्थ रख्दछ । जीवनमा फाजिल पुल भनि पाउँदा मन कति रोयो होला भन्नु भन्दा पनि हामीलाई त्यसरी किन बनाईयो भन्ने कुराले अँझ फरक अर्थ राख्छ होला । फाजिलले ठाउँ नै छैन भन्ने गहन अर्थ राख्नुको साथै पुल भन्ने शब्दले एक ठाँउबाट अर्को ठाउँलाई जोड्ने बाटोको अर्थलाई बुझाउँछ होला ।

एउटै घरपरिवार भित्र सबैलाई खाना खुवाउने कुरामा कसैलाई खाना नपुग्नु स्वभाविकै हो तर किन ? कसरी ? कुन कारणले सम्बोधन हुन सकेन र त्यसका लागि अभिभावकको जिम्मेवारी के हुनुपथ्र्यो जस्ता प्रश्नले गहन अर्थ रख्दछ ।

जीवनमा विवाह कति धुमधामले भयो भन्ने कुराले भन्दा दाम्पत्य जीवन कति सहज र सरसपूर्ण तरिकाले चल्दैछ भन्ने कुराले गहन अर्थ राख्दछ । कति ठूलो पदमा पुगियो भन्ने कुराले होइन त्यो पद अनुरुपको उच्च मूल्य र मान्यता स्थापित गर्न सकियो की सकिएन भन्ने कुराले झनै ठूलो अर्थ राख्छ होला ।

कति धेरै साथी भाई र ईष्टमित्र बनाईयो भन्ने कुराले होईन आफुलाई अप्ठ्यारो पर्दा कतिले आफ्नो जस्तो व्यवहार गर्छन भन्ने कुराले अति ठूलो अर्थ राख्छ जस्तो लाग्छ । मूल्य शरीर र आकारको होईन, श्रम र सीपको हुनुपर्छ भन्ने कुरासँग अँझ बढी सत्यता छ जस्तो लाग्छ । यस्तै, यस्तै प्रश्न जिज्ञासा र अर्थ खाेजिरहन्छ हरेक वर्षकाे शुभकामनाले । तर यसबारे हामी धेरैले हेक्का राख्दैनाै‌ ।

तसर्थ, आज विदाई हुँदै गरेको वर्षमा तमाम् अर्थ खोज्दै हिडेको हाम्राे जिन्दगीले अनर्थ अनभूति गरेपनि अब भने मेरा आमाबुबा, साथीभाई, ईष्टमित्र दाजुभाई, दिदीबहिनीलगायत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा नवीन साेच, समान व्यवहार, सरल जीवनशैली कायम गर्दै सभ्य समाज निर्माणमा जवाफदेही एवं जिम्मेवार भूमिका तथा कर्तव्यप्रति निष्ठावान भई आफ्नाे भूमिका निर्वाह गर्ने प्रेरणा सदैव मिलिरहाेस् नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।।।

 

प्रतिकृया दिनुहोस्