OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १८, २०७९सुर्खेत
२११ पटक

१८ चैत २०७९, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ ।

गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक प्रतिवेदन बिमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले शिक्षा समग्र चीजको आर्थिक आधार एवं मूल जग भएको बताउनुभयो । पछिल्लो समय शिक्षा श्रमबाट विमुख भएको पनि उहाँले जिकिर गर्नुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “हाम्रो शिक्षा प्रविधिमैत्री बन्न सकेन । यसबाट व्यक्तिको चरित्र निर्माण गर्न भएन । यसमा विनियोजित बजेटको समेत परिचालन सहि तरिकाले हुन सकेन । तसर्थ व्यवस्थापकीय र सञ्चालन क्षमता बढाउन आवश्यक छ ।” शिक्षाको आमूल परिवर्तनका लागि तीनै तहका सरकारहरुले नीतिगत र व्यवस्थापकीय तहबाट सुधार गर्नुपर्ने उहाँको भनाई थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले विद्यालयमा बालबालिकाको पहुँच बढेपनि सिकाईस्तर अपेक्षाकृत हुन नसकेको बताउनुभयो । लैङ्गिक समानता र विद्यार्थी संख्या बढेको छ,” उहाँले भन्नुभयो, “तर गणित र विज्ञानमा अहिले पनि विद्यार्थीहरु कमजोर छन् । प्रमुख सचिव डा.खनालले डिजिटल सुशासन र साक्षरताले पनि कर्णालीको विकासमा सहयोग पुग्ने जनाउनुभयो ।

कार्यक्रममा गल्ली गल्ली संस्थाका प्रतिनिधि राजीव तिमिल्सिनाले सिम्ता गाउँपालिका सुर्खेत, सान्नीत्रिवेणी गाउँपालिका कालीकोट, सिद्धकुमाख गाउँपालिका सल्यान, शिवालय गाउँपालिका जाजरकोट र डुंगेश्वर गाउपालिका दैलेखका ५ देखि १६ वर्ष उमेरका बालबालिकाहरुको नेपाली गणित र अंग्रेजी विषयको आधारभूत सिकाई मापन गरिएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

डुंगेश्वर गाउँपालिका दैलेखका अध्यक्ष सुन्दरकुमार केसी र सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष भरत गिरीले असर नेपालको अनुसन्धानबाट प्राप्त कुराले स्थानीय सरकारलाई आगामी दिनमा शैक्षिक क्षेत्रको सुधारको योजना निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यद्यपि प्राप्त तथ्याङ्कहरुको प्रमाणीकरण गरेर मात्र अगाडि बढ्ने अध्यक्षद्वयको भनाई थियो ।

असर नेपाल नामक संस्थाले सन् २०२२ देखि ‘साउथ एशियन, असेसमेन्ट अलायन्सः कम्युनिकेटिङ एण्ड कोल्याबोरेटिङ फर चेन्ज’ नामक कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका ५ जिल्लामका एक÷एक गाउँपालिकाहरमा नमूना सर्वेक्षण विधिबाट शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) सञ्चालन गरेको असर नेपालका कर्णाली प्रदेश संयोजक ललितजंग शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्