OnlinePana

आज : २०८१ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र ९, २०७९जुम्ला,
१९४ पटक

हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत विद्यालयमा पानी दिवश मनाईएको छ । विश्व पानी दिवशको अवसरमा विद्यालयमा सचेतना हुने हिसावले पानी दिवश मनाईएको हो । प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका दिगो सरसफाई तथा स्वच्छता परियोजनाको आयोजना तथा विद्यालयको सहजीकरणमा सचेतनाका रुपमा दिवश मनाईएको हो ।

दिवशको अवसरमा शिक्षक, विद्यार्थी र कर्मचारीले शुद्ध पानीका विषयमा सचेतना मुलक नारा सहित र्याली गरिएको थियो । प्रधानाध्यापक शाहीका अनुसार पानी दिवशको अवसरमा विद्यार्थी तथा शिक्षकलाई हात धुने चरण तथा फिल्टमा पानी खाने बिषयमा प्रयोगात्मक अभ्यास समेत गरिएको छ ।

दिवशको अवसरमा रुपाकोट आधारभुत विद्यालयका प्रअ शाही सहित, शिक्षक विमला आचार्य, परिलाल नाथ योगीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस्