सुरजकुमार सिंहमाघ ८, २०७९काठमाडौं

४६३ पटक

जीवन
आमाको गर्भ चिरेर धर्तीमा जोडिन्छ जीवन,
शैशवकालको कोपिला फुलाउन गोडिन्छ जीवन ।
सुख पाउन संघर्ष गर्ने दुःख हो जीवन
उमेर छँदै हरियाली रुख हो जीवन ।
जन्म र मृत्युको अन्तरालमा संघर्ष गर्दा गर्दै,
यात्राका अनेक खोँच अनि घुम्तीमा मोडिन्छ जीवन ।
स्वागतसँगै विदाई हुनैपर्ने अतिथि रहेछ जीवन
हँसाएर रुवाँउँदै जाने अन्तिम मिति रहेछ जीवन ।
सुन्दर, शान्त, शक्तिशाली र सम्पन्न किन नहोस्,
जुनै बेला बज्रिने अजङ्गको पहाडले तोडिन्छ जीवन ।
ढिलो चाँडो फरक यति हो अवश्य बित्छ एकदिन,
अन्ततः धर्तीबाट सदाका लागि छोडिन्छ जीवन ।