OnlinePana

आज : २०८१ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ५, २०८१ जुम्ला,
२०३ पटक

मंसिर ५ गते । जुम्ला :कनकासुन्दरी गाउँपालिका वडा नं ८ की गिता भण्डारी जुम्लाको नमुना प्रमुख जिल्ला अधिकारी बन्नु भएको छ ।
प्लान ईन्टरनेश्नल नेपालले किश्वरीको शशक्तिकरण गर्ने कार्यक्रम अन्तरगत १६ वर्षिय किशोरी भण्डारी एक दिनको लागी नमुना प्रमुख जिल्ला अधिकारी वन्नु भएको हो ।

वलवालिका क्षेत्रमा लामो समय देखी काम गर्दै आएको गल्र्स टेक ओभर कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले किश्वरी गितालाई एकदिने नमुना प्रजिअको पद हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी शाहीले किश्वरी गितालाई कुर्चि हस्तान्तरण गर्दै प्लान ईन्टरनेश्नल नेपालले गल्र्स टेकओभर कार्यक्रममा बालिका तथा किशोरीलाइ शसक्ती करण गर्ने उद्देश्य पद हस्तान्तरण गरिएको छ । उहाँले नमूना प्रजिअ गिता भण्डारी सहित किश्वरी र सरोकारवाला निकायलाई प्रमुख जिल्ला अधिकारीको काम कर्तब्य अधिकारका बिषयमा जानकारी गर्नु भएको थियो ।

नमुना प्रमुख जिल्ला गिता भण्डारीले जुम्लामा बालविवाह,बालिका हिंसा जातिय विभेद लगायतका विकृती रहेकाले यस अभियानमा सरोकारवाला निकाय लाग्न समेत अनुरोध गर्नुभयो । उहाँले आफ्नो नेतृत्वमा गाउँमा विभिन्न सचेतानाका कार्यक्रम गर्ने गरेको वताउदै प्लान ईन्टरनेश्नल नेपालले सबै ठाउँका किशोरीलाई शसक्तिकरणका लागि गल्र्स टेकओभर कार्यक्रम गर्दै आएको पाइएको जानकारी दिनुभयो । प्लान नेपालको सहयोगमा क्याड नेपालले किश्वरी शिक्षा क्षेत्रका बालिकाको शसक्तिकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको जानकारी दिएएको छ ।

यसैगरी सिञ्जा गाउँपालिकामा नमूना अध्यक्षको पनि एक दिने पद हस्तान्तरण गरिएको छ । कैलाश मा.वि. फुग्रमा कक्षा १० मा अध्ययनरत छात्रा गोमा चौलागाईलाई गाउँपालिका अध्यक्ष पूणर् प्रसाद धितालले एक दिनका लागि पद हस्तान्तरण गर्नुभएको छ । प्लान नेपालका विज्ञ दुर्गा क्षेत्रीले हानिकारक सामाजिक प्रथाविरुद्ध लड्न तथा किश्वरीलाई शशक्तिकरण गर्न विभिन्न पदमा स्थानीय साझेदार निकायको सहकार्यमा प्लान नेपालले पद हस्तान्तरण क्रियाकलाप गर्दै आएको छ । यसैगरी गत बर्ष जिल्ला समन्वय समितिको पद हस्तान्तरण समेत सिञ्जा गा.पा ३ निवासी गोमा चौलागाईलाई पद हस्तान्तरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्