OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७९काठमाडौं
३२३ पटक

जुम्ला , भदौ १४ गते । एकीकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने सर्वसहमत चयन भएका छन् । जिल्लामा आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ ।

यस अघि पार्टीको सचिव पदमा कार्यरत तथा पार्टीको संगठन विस्तारमा लागि परेका न्यौपानले नेकपा एस जुम्लाको अध्यक्ष बनेका छन् ।
साथै उपाध्यक्षमा रतन बहादुर रोकाया, उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाया, उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमा मैना शाही चयन भएका छन् ।

अध्यक्ष लगायत पदाधिकारीको मंगलबार विहान पद तथा गोपनियताको सपथ ग्रहण भएको छ । एकीकृत समाजबादी पार्टिका जुम्ला ईन्चार्ज देविलाल थापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष आदीप्रसाद न्यौपानले आगामी दिनमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीलाई बलियो बनाउन संगठन विस्तार गर्न लागि पर्ने बताउनुभयो । उहाँले जुम्लाको पहिलो शक्ति बनाउन कसरत गर्ने उनको भनाई छ । उहाँले भन्नुभयो ,” सांगठित रुपमा बलियो बनाउन समेत लागि पर्ने छौ । पार्टि बनाउने कुरामा सधै कटिबद्द हुन्छौ । सबै साथ सहयोग रचनात्मक सुझावको अपेक्षा गर्दछौ ।”

जिल्ला ईन्चार्ज देविलाल थापाले नयाँ निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी बधाई दिनुभएको छ । नयाँ पदाधिकारिलाई पार्टि बलियो बनाउने संगठन सुदृढ गर्ने ठुलो जिम्मेवारि प्राप्त भएको बताए । समाजबादि पार्टिलाई जुम्लाको मुल पार्टि बनाउन तर्फ उन्मुख हुन समेत नयाँ नेतृत्वलाई सुझाब दिए । लामो समय देखि पार्टिले नयाँ नेतृत्व नपाएको गुनासो आएपछि छलफल गरि नयाँ नेतृत्व चयन गरिएको हो ।

 

 

प्रतिकृया दिनुहोस्