OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७९सुर्खेत
३७६ पटक

३ भदौं २०७९, शुक्रबार

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाही धनिराम लामिछानेको मृत्यु प्रकरणको वस्तुस्थिति बुझ्न डिभिजन वन कार्यालय सुर्खेतमा पुग्नुभएको छ ।

लेकबेसी नगरपालिका १० सुर्खेत स्थायी घरभई हाल वीरेन्द्रनगर नगरपालिका १३ भुतचोकमा बस्दै आएका ५८ वर्षीय लामिछानेलाई बिहीबार सालको रुख काटेको आरोपमा सव–डिभिजन कार्यालय सुर्खेतका कर्मचारीले पक्राउ गरेर ल्याएका थिए । पक्राउ गरी वन कार्यालयको हिरासतमा राखेको केही बेरमा झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा लामिछाने भेटिएपछि मृतकका आफन्तहरु आक्रोशित बनेका थिए ।

आक्रोशित आफन्तहरुले बिहीबार साँझदेखि कार्यालय परिसरमा आन्दोलन गर्दा अवस्था अहिले पनि सामान्य हुन सकेको छैन । सोही घटनाको वस्तुस्थिति बुझ्न आन्तरिक मामिलामन्त्री शाही डिभिजन वन कार्यालयमा पुग्नुभएको छ ।

मृतकका आफन्तहरुले भने कर्मचारीहरुले कुटेर मारेको आरोप लगाउँदै आएका छन् । उनीहरुले घटनामा संलग्न कर्मचारीलाई कारवाही गर्नुपर्ने माग राख्दै त्यसो नभए शव नउठाउने चेतावनी छन् प्रशासनलाई दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले घटनास्थल मुचुल्का बनाउने तयारी गर्न थालिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्