OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७९सुर्खेत
६०४ पटक

२ भदौं २०७९, बिहीबार

वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चार माध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ । उक्त माविले प्रेस विज्ञप्तिमार्फत खण्डन गरेको छ ।

जन नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोईराला, शिक्षक अभिभावक संघका अध्यक्ष बिमल नेपाली र प्रधानाध्यापक यामबहादुर श्रेष्ठद्वारा आज सयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति सार्वजनिक गरी आयोग र समाचार माध्यमले लगाएको आरोपले ध्यानाकर्षण भएको बताइएको हो ।

विज्ञप्तिमा भनिएको छ, “अख्तियारले बुधबार दिउसो १ः०० बजे विद्यालयमा छापा मारी कर्मचारीलाई नियन्त्रणमा लिई पक्राउ गरेको र उनीहरुबाट विना रसिद रु.दुई लाख ७६ हजार ६९० लिएको भनी विभिन्न समाचार माध्यममा भ्रामक समाचार प्रसारण तथा प्रकाशन गरेकोमा विद्यालयको ध्यानाकर्षण भएको छ । वास्तविकता नबुझि विद्यालयमाथि लगाइएको आक्षेप निराधार र कपोकल्पित भएको कुरा जानकारी गराउँदछौं ।”

उक्त विद्यालयले सम्मानित अदालत अपहेलना नगरेको बरु आदेश बमोजिम अभिभावकहरुको गत जेठ २ गते बसेको भेलाबाट स्वैच्छिक रुपमा दान, चन्दा लिएर विद्यालयकै पठनपाठनमा संलग्न नीजि स्रोतबाट नियुक्त जनशक्तिलाई पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनपर्ने भनेपनि राज्यले हालसम्म थप मानव स्रोत र भौतिक विकासको व्यवस्थापन नगर्दा दान चन्दा लिएरै बाध्यात्मक अवस्थामा विद्यालय सञ्चालन गर्नुपरेको विद्यालयले जनाएको छ ।

बुधबार आयोगले नियन्त्रणमा लिएको रु.दुई लाख ७६ हजार ६९० मध्ये रु.९३ हजार ५०० एसइई ग्रेडवृद्धि परीक्षा आवेदन फारम, रु.दश हजार ९०० पेटी क्यास, बालबालिकाको खाजाको भुक्तानी गर्न बाँकी रु.२२ हजार ७९० र रु.एक लाख ४९ हजार ५०० अभिभावकहरुको चन्दा, दानबाट संकलन भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्