OnlinePana

आज : २०८२ आषाढ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ३१, २०७९
१२१४ पटक

३१ साउन २०७९ मंगलबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले आज ‘कर्णाली प्रदेश सहकारी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको हो । दुवै विधेयक कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले साउन २५ गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

प्राप्त दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो । प्रमाणीकरण भएका दुवै ऐनले यहाँका युवा तथा कृषकहरुको व्यवसाय तथा उद्यम प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

दुई विधेयकसहित कर्णालीमा ४१ वटा विधेयक प्रमाणीकरण भएर कानून बनेका छन् । प्रदेशसभाबाट हालसम्म ५१ विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्