OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २०, २०७९
४३६ पटक

२० साउन २०७९, शुक्रबार

वीरेन्द्रनगर सुर्खेतको एयरपोर्ट नजिकको तीन चोकमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा दिँदा घाइते भएकी वीरेन्द्रनगर १० सुर्खेतकी ४३ वर्षीय बालकुमारी नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेत–नेपालगञ्जअन्तरगत रत्न राजमार्ग सडक खण्डमा पर्ने वीरेन्द्रनगरको एयरपोर्ट चोक नजिकै बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाईकलले उनलाई ठक्कर दिएको थियो ।

घाइते नेपालीको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको उहाँले बताउनुभयो । चालक फरार रहेको जनाइएको र उसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्