OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,साउन ८, २०७९जुम्ला,
६६० पटक

२०७९ साउन ८ आईतवार,

 
मोटरसाईकल दुर्घटनामा परि घाईते भएका जुम्लाका बखत कुँवरलाई तीनलाख रकम उपलब्ध गराएको छ । जुम्ला तातोपानी ७ निवासी बसन्त कुवर मोटरसाईकल काठमाण्डौंमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका कुँवरलाई उपचारका लागि रकम उपलब्ध गराईएको हो ।
दियालो बहुउद्देश्यीय सहकारी संस्थाबाट कुँवरले रु १५ लाख ऋण लिनु भएको थियो ।

ऋण लिएवापत सहकारीले कुँवरको नाममा दुर्घटना वीमा गरिएको र सोही अनुसार उपचारका लागि रकम उपलब्ध गराईएको हो । दियालो बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक दिपक शाहका अनुसार कुँवरको नाममा यूनियन लाईफ ईन्स्योरेन्समा वीमा गरिएको हुदा सो रकम पाईएको जानकारी दिनुभयो ।

कुँवरले पाउने रकमको तीन लाखको चेक जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, दियालो बहुउद्देश्यीय सहकारीका प्रवन्धक दिपक शाह,एमडिआरटी वालकृष्ण बुढा र यूनियन लाईफ ईन्स्योरेन्सका जुम्ला प्रमुख लक्ष्मीकान्त पाण्डेले हस्तान्तरण गर्नु भएको छ ।

काठमाण्डौमा कामको सिलसिलामा मोटरसाईकलमा दुर्घटना हुदा उपचार भई जुम्ला फर्किएका कुँवरले तीन लाखको चेक ग्रहण गर्नु भएको छ । उहाँले ऋण लिएर दुर्घटनामा हुदा उपचारका लागि व्यवस्था गरिदिने सहकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले दुर्घटनामा घाईते हुनेका लागि पनि वीमा शुरु गरेर अत्यन्तै राम्रो काम गरेकोमा सहकारीलाई धन्यवाद दिनुभयो । उहाँले घाईते भई सन्चो हुनुभएका कुँवरलाई थप स्वास्थ्यलाभको कामना समेत गर्न गर्नुभयो ।

दियालो सहकारीले यूनियन लाईफ मार्फत घाईते कुवरलाई ऋण लिए वापत वीमा अवधिमा दुर्घटना भएर मृत्यू भएमा रु ९० लाख, अपांगता भएमा रु ७५ लाख वीमा समेत गरेको थियो । यसैगरी दुर्घटना भई घाईते भएमा समेत उपचार खर्चको वीमा गरे अनुसार सुविधा दिईएको दियालो सहकारीले जनाएको छ ।

दियालो सहकारीमा हाल सम्म छ हजार पाँचसय सेयर सदस्य रहेका छन् । २०६६ साउन २६ गते स्थापना भएको सहकारीले बार्षिक कारोवार रु ३० करोड भन्दा बढी सुचारु गरिरहेको सहकारीले जनाएको छ । यूनियन लाईफ ईन्स्योरेन्सले नाग्म दुर्घटनामा मृत्यू भएका आईतु खड्काका परिवारलाई रु ४१ लाख वीमा स्वरुप प्रदान गरिएको प्रमुख लक्ष्मीकान्त पाण्डेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्