OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ११, २०७९ सुर्खेत
६०० पटक

११ वैशाख २०७९ आईतवार,

कर्णालीमा सत्ता साझेदार दलहरुबीच आठ जिल्लामा भागबण्डा मिलेपनि जुम्लामा भने गठबन्धन टुटेको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन गरेर जाने केन्द्र तथा प्रदेशको निर्देशन भएपनि जुम्लामा गठबन्धन टुटाइएको छ । सत्ता साझेदार दलहरुबीचको प्रदेश समितिले गठबन्धन गरेर जाने सहमतिका साथ दिएको निर्देशन तोडिएको छ ।

नेकपा (माओवादी केन्द्र) जुम्लाका संयोजक बीरबहादुर कुँवरले कर्णाली प्रदेशस्तरमा भएको पाँच दलीय गठबन्धनको निर्णय आफूले स्वीकार गरेको बताउनुभयो । “हामीले उक्त निर्णयको स्वागत गरेका थियौं,” संयोजक कुँवरले भन्नुभयो, “तर काँग्रेस र समाजवादीले त्यो निर्णय उल्ट्याएका छन् ।”

अब माओवादीले आफ्नो तरिकाले लड्ने उहाँले बताउनुभयो । यता नेकपा (एकीकृत समाजवादी)का जुम्ला अध्यक्ष तीर्थबहादुर बुढाले यस अघि नै समाजवादी गठबन्धनबाट बाहिरिएको हुँदा आफ्नो कुनै सरोकार नभएको कोरपाटीलाई जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “गठबन्धन ती दुई पाटीबीचको हो । हामीले पहिले कुरा नमिलेपछि त्यहाँबाट बाहिरिएका हौं ।”

कांग्रेस पनि एक्लै लड्छ : सभापति कर्णबहादुर शाही

यता नेपाली काग्रेसका सभापति कर्णबहादुर शाहीले गठवन्धन टुटेपछि नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा एक्लै भिड्ने भएको कोरपाटीलाई जानकारी दिनुभयो । उहाँले समाजवादी सँग साझेदार गरेर लड्ने अलि पहिलाको कुरा हो तर अहिले एक्ले लड्ने निर्णय भएको बताउनुभयो ।

जुम्लामा अव के होला ?

सत्ता गठवन्धनको तालमेल नभएपछि जुम्लामा अव के होला ? जुम्ला गठवन्धनको निश्कर्षविहिन वैठकले राजनितिमा नयाँ ट्वीष्ट तथा तरंग छाएको छ । आईतवार जुम्लामा बसेको शिर्ष नेताको वैठकले प्रदेशबाट पठाईएको भागवण्डा कार्यान्वयन हुन सकेन ।

अव के हुन सक्छ ।

सम्भावना १ :  एक्लै भिड्ने
जुम्लामा नेपाली कांग्रेस, माओवादी र समाजवादी एक्ला एक्ले लडेमा माओवादी कांग्रेसको अघिल्लै नतिजा प्रदान गर्न सक्छ । माओवादीले २०७४ को निर्वाचनमा ३ प्रमुख, पाँच उपप्रमुख र २५ वडामा जीत हाशिल गरेको छ । कांग्रेसले चार प्रमुख, तिन उपप्रमुख र १६ वडा जितेको थियो ।
तर समाजवादीकोे जिल्लाको गोठिचौर र हिमा गाउँपालिकामा पकट राम्रो भएको बताउदै आएको छ, किनकी हिजो गुठीचौरका ३ वडामा जीत र हिमामा एमाले हुदा ३ मतले गाउँपालिका अध्यक्ष उपविजेता भएको हो । यसैले एक्ला एक्लै लड्ने हिक्मत हुन सक्छ ।

सम्भावना २ : दुईविच साझेदार
सुरक्षित हुन दुईवचिको गववन्धन पनि हुन सक्छ । एक पटक कांग्रेस र समावादी विचको गठवन्धन भयो भन्ने स्रोतको भनाई छ । तर अहिले नभएको दुइवैदलले कोरपाटीलाई जानकारी दिएका छन् । यद्यपी कांग्रेस र समाजवादी विचमा गठवन्धन भएर निर्वाचनमा गएमा जुम्लामा माओवादी र एमाले मिल्ने ढोका पनि खुला हुन सक्छ । जिल्लाभर हेर्दा नेकपा एमालले आफ्नो मत बढाईरहेको दावी गरिरहेको छ ।

कांग्रेसलाई र माओवादीलाई कति घाटा ?

गठवन्धनबाट बाहिरिएपछि राजनितिक पासा कता भन्ने थाहा छैन् । तर सवैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई बढि घाटा हुनसक्ने र माओवादीलाई दोस्रो घाटा हुन सक्छ । नेपाली कांग्रेस माओवादी वाहेक कुनै दलसँग सहकार्य गरेमा उसलाई घाटा लाग्न सक्छ तर समाजवादी र नेकपा एमाले फाईदा हुन सक्छ । किनकी अस्थिर राजनितिमा एमाले सँग माओवादी मिल्ने सम्भावना भयो भने माओवादी र कांग्रेसको हैसियत दुई दुई पालिकामा झर्नपनि  सक्छ । वाँकी विश्लेषण गर्दै जाउला । किनकी यस अघि चन्दननाथ नगरपालिमामा पूर्व एमाले नगरप्रमुखको मतदानमा दोस्रो र माओवादी तेस्रो स्थानमा आएकाे थियाे ।

प्रतिकृया दिनुहोस्