OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, बैशाख ३, २०७९जुम्ला ।
६३९ पटक

वैशाख ३ गते । गते निर्वाचन तोकिदा अहिले स्थानीय तहका उम्मेदवार छनौटमा सकस त भईरहेएकै छ, सत्तारुढ दलको गठन्धनमा पालिका छनौटमा के भईरहेको होला अहिले सर्वाधिक चासोको बिषय रहेको छ ।

सत्ता गठवन्धन नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एककिृत समाजावादीले जुम्लामा केन्द्रको निर्देशनलाई मान्ने भन्दै सहमति गरिसकेका छन् ।
अझ त वैशाख ३ गते भित्रै जिल्लाबाट उम्मेदवार प्रदेशमा सिफारिस गरिसक्नुपर्ने सिमा अवधिले दलका शिर्ष नेताहरुलाई सकस बनाएको हो । उम्मेदवार र पािलका छनौटको समय सिमा नजिकिदै गर्दा छलफल पेचिलो बन्दै गएको नेताहरुले बताएका छन् ।

पालिका र उम्मेदवार छनौट बिषयमा के भईरहेको छ भन्ने बिषयमा छलफल समितिमा नेतृत्व गरिरहेका गठवन्धन दलका जिल्ला स्थित शिर्ष नेताहरुलाई हामीले सोधेका छौ ।

कर्णबहादुर शाही : सभापति नेपाली कांग्रेस जुम्ला ।
गठवन्धनको अवस्था पेचिलो छलफल भईरहेको छ । यसलाई कसरी अवतरण गर्ने हो, उपाय खोजी भईरहेको छ । संख्यामा सवैको आ–आफ्नै हट हुन थालेको छ । पार्टी भित्रको आन्तरिक कुरा पनि छन् । यद्यपी पार्टी भित्रका कुरा सामान्य हुन । अहिले सम्म ४ वटा औपचारिक वैठक बसि सक्यौ । अनौपचारिक त भईरहेका छन् ।

बिरबहादुर कुँवर :  संयोजक नेकपा माओवादी केन्द्र जुम्ला  ।
गठवन्धनको बिषयमा छलफल चलिरहेको छ, भागवण्डा मिलिरहेको छैन, सवैका आ– आफ्नै दावी बढि छन्, तर टुगिंने आशा गरेका छौ, आज फेरी वैठक बस्दै छौ, आशा गरौ निश्कर्ष आउला । भएन भने प्रदेश, केन्द्रले पनि मिलाउला । तर गठवन्धनका दलहरु सम्यम भएर अगाडि बढ्नुपर्छ ।

तिर्थ बुढा : अध्यक्ष नेकपा एकिकृत समाजवादी जुम्ला ।
ठिक्कै यस्तो भयो, भन्ने कुरा भएन, कुरा मिलिरहेको छैन । आन्तरिक छलफलमै छौ भनौ । अहिले धेरै कुरा वाहिर भन्न नमिल्ने भएको छ ।
गत चैत्र २६ गते बसेको वैठकमा लिखित सहमति गरे सँगै जिल्ला स्थित दलका शिर्ष नेताहरु एक आपसमा घनिभुत छलफलमा बसिहेका छन् ।

नेपाली कांग्रेसको पौडल पक्षले पार्टीसभापतिले मनोमानी ढंगले पार्टी सभापतिले गठवन्धन गर्ने निर्णयको असहमति पनि गरेको थियो । यद्यपी गठवन्धनको केन्द्रीय समयन्त्रले भने पेचिलो तरिकाले आधार बनाइदिएपछि संस्थागत ढंगबाटै अव गठवन्धन गर्नुपर्ने देखिन्छ । नेपाली कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले पार्टीभित्रको कुरा पनि छलफल भईरहेको र गठवन्धनको बिषयमा पनि छलफल भईरहेको बताउनुभयो ।

के छ अघिल्लो परिणाम :
जुम्लामा अघिल्लो स्थानीय तह २०७४ को निर्वाचनमा चन्दननाथ नगरपालिका सहित ४ स्थानमा प्रमुख र दुई उपाध्यक्ष नेपाली कांग्रेसले जित हात पारेको छ । माओवादीले ३ स्थानमा अध्यक्ष र नगरपालिकाको उपप्रमुख सहित ५ पदमा उपाध्यक्ष बिजय हात पारेको छ । यस्तै २५ वडामा माओवादीले जितेको छ । यस्तै तत्कालिन एमालेले तिला गाउँपालिकामा अध्यक्ष र सिञ्जा गाउँपालिकामा उपाध्यक्ष बिजय हात पारेको थियो । यसैगरी नेपाली कांग्रेसले १५ वडाध्यक्ष, नेकपा एमालेले १७ वडाध्यक्ष र चन्दननाथ नगरपालिका ४ मा गोल्डेनसिंह कठायतले स्वतन्त्र उम्मेदवार जित्नु भएको थियो ।

जुम्लामा नेपाली कांग्रेस र माओवादीले आ–आफै निर्वाचनको मैदानमा गएपनि जित हाशिल गछौ भन्ने दावी गर्दै आएको समेत देखिन्छ तर गठवन्धनको मर्यादा संख्या मात्रै नभई सम्मानसहित मिलेर जानुपर्नेमा एकिकृत समाजवादीको दावी रहेको छ ।

प्रतिकृया दिनुहोस्